Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

चिनारी साकोसको आयोजनामा वृहत् रक्तदान


२०७६ श्रावण २३ गते , विहीवार प्रकाशित

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्थाले  बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

ब्लड डोनर्स एसोसिएसन नेपाल ९ब्लोदान० र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)को संयोजन तथा संस्थाको आयोजनामा वृहत् रक्तदान गरिएको हो । 

संस्थाका अध्यक्ष न्हुच्छे नारायण (मिलन श्रेष्ठ) को सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा ५३ जनाले जनाले रक्तदान गरेका थिए । 

सो कार्यक्रममा ब्लोदानका केन्द्रिय सदस्य भोलानाथ पाठकले सहकारीमार्फत ५२ वटा बुधबार रक्तदान कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । पाठकले प्रायजसो संस्थाले शनिबार र बिदाका दिन मात्रै रक्तदान गर्ने गरेकाले साताको मध्य दिन पारेर रक्तदान गर्दा रगत अभावलाई केहि मात्रमा भएपनि कम गर्न सकिएको उल्लेख गरे ।  

५२ हप्ते बुधबारे रक्तदान कार्यक्रम अन्तर्गत यो १९ औं हप्ताको कार्यक्रम हो । बढ्दो दुर्घटना, घातक रोग र शल्यक्रिया जस्ता विभिन्न कारणले पछिल्लो समय रगतको माग बढ्दै गएको र त्यसलाई पूर्ति गर्न यो अभियान चलाइएको छ । 

विगत दश वर्षदेखि समुदाय र सदस्यको आर्थिक, सामाजिक रुपान्तरणमा क्रियाशील चिनारी साकोसमा हाल १ हजार ६ सयको हाराहारीमा शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाले गत असार मसान्तसम्म १४ करोड ५० लाखको कुल वासलात बनाउन सफल भएको छ । संस्थाले विगतमा पनि रक्तदान तथा अन्य सामाजिक विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी अधिकृत रविप्रसाद सिग्देलले जानकारी दिए । 

१८औं हप्ताको कार्यक्रम बल्खुस्थित ग्रिनभ्याली साकोसले आयोजना गरेको थियो भने कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif