Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

मुद्रा – अब बिश्व ब्यापार युद्धको अर्को मुद्दा


२०७६ श्रावण २३ गते , विहीवार प्रकाशित

    चीन यतिबेला बिश्वको सबैभन्दा ठूलो निर्यातक देश बनेको छ। यसले गर्दा चीनको मुद्रा यूआनको मूल्य तल झार्दा चीनमाथि कम प्रभाव पर्दछ । तर चीनबाट माला सामान आयात गर्ने सम्पूर्ण देशहरुमाथि चिनीया माल सामान अझ सस्तो हुन जानाले ती देशहरु अप्ठ्यारोमा पर्नेछन ।   

यतिबेला चीन र अमेरिकाका बीच चलिरहेको ब्यापार युद्धले अब अघोषित मुद्रा युद्धको रुप लिइसकेको छ । चीनको केन्द्रिय बैंकले डलरको तुलनामा यूआनको मूल्य ७ को रकर्ड स्तरसम्म तल झर्न दियो । यसबाट बिश्वभरीका मुद्रा बजारमा उथल–पुथल मच्चिएको छ । स्पष्ट छ, चीनले एकततर्फी ब्यापार युद्धको अमेरिकी चालबाट दिक्क भएर आफ्नो मुद्रा युआनलाई  हतियार बनायो । साथै चीनका कम्पनीहरुले कृषि उत्पादनको खरिद पनि रोकिदिएका छन् ।  यी कदमहरु चीनले त्यतिबेला उठाएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्यापार बार्ताको दिशा नै गलत बताउँदै चीनबाट आयातित ३०० अर्ब डलरका उत्पादनहरुमाथि १० प्रतिशत शुल्क लगाउने घोषणा गरे । घोषित यो दर आगामी १ सेप्टेम्बरदेखि लागु हुनेछन् । चीन मूख्यतः एउटा निर्याकर्ता देश भएकाले उसको युआनको मूल्य गिर्दा उसमाथि कम प्रभाव पर्दछ । तर चिनीयाँ माल आयात गर्ने सम्पूर्ण देशहरुमा चिनीया माल सामान सस्तो हुनजानाले उनीहरु समस्यामा पर्नेछन् ।

      गएको सोमबार अर्थात अगस्ट ५ का दिन चीनको मुद्रा युआनमा झण्डै एक दशकयताको सबैभन्दा ठूलो गिरावट देखियो । अगष्ट २०२० पछिको यो सबैभन्दा तल झरेको युआनको स्तर हो । यस कदमले अमेरिका मुर्मुरिएको छ र भनेको छ कि ब्यापारमा अनुचित लाभ लिनका लागि चीनले आफ्नो मुद्राको मूल्यमा हेरफेर गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिला पनि चीनमाथि आफ्नो निर्यातलाई बढावा दिनका लागि युआनको अबमूल्यन गरेको आरोप लगाउँदै आएका थिए भने चीनले यस आरोपको खण्डन गर्दै आएको थियो ।

  यतिबेला एउटा कुरा  भने एकदमै स्पष्ट छ कि यो ब्यापारिक टक्करमा आफ्नो हितको हिफाजत गर्नका लागि चीन कुनै पनि हदसम्म जानका लागि तयार छ । बिश्वका नम्बर १ र नम्बर २ अर्थब्यवस्थाका बीचको यो जारी टक्करको असर बिश्वका प्रत्येक  अर्थब्यवस्थामाथि परिरहेको छ । युआनको पछिल्लो यो रेकर्ड स्तरको गिरावटले गर्दा एशियाको दोश्रो उदीयमान अर्थब्यवस्था भएको मारत समेत सबै बिकासशील देशहरुको मुद्रामा गिरावट देखिएको छ ।


  यसमा दक्षिण कोरियाको वान, इण्डोनेशिायको रुपिया र मलेशिायको रिंगितमाथि ठाडै असर परेको देखिएको छ । भारतका लागि त झन यो बिषय दोहोरो मार पर्ने मानिदैछ ।एकतिर त त्यसै पनि भारतको बृद्धि दर अर्थात ग्रोथ रेट सुस्त छ । उद्योग धन्धाको जुन त्रैमासिक परिणाम देखियो त्यो खराब रहेको छ। बिदेशी लगानीकर्ताहरु बजेट पछिदेखि नै पैसा निकाल्न जुटिसकेका छन् तर यस्ता आर्थिक उथल–पुथलबाट बेखबरजस्तै बनेर ट्रम्प एउटै एजेण्डा – चीनलाई पाठ सिकाउने धूनमा एकसुरे भएर लागेको देखिएको छ ।

  बिज्ञ अर्थशास्त्रीहरु के भनिरहेका छन् भने चीनका बिरुद्ध उठाइदै गरेका अमेरिकी कदमहरुाट अमेरिकाका ब्यबसायीहरु, श्रमिकहरु र उपभोक्ताहरुका कठिनाईहरु अझ बढ्ने छन् र अमेरिकी अर्थतन्त्रमा यसको नकारात्मक असर पर्नेछ । तर डोनाल्ड ट्रम्प र उनका समर्थकहरुलाई के लागिरहेको देखिन्छ भने अलिकति नोक्सान खपेरपनि यदि चीनलाई केही आबश्यक मामिलामा पछि हट्न बाध्य पार्न सकियो भने अगाडि गएर यसबाट अमेरिकालाई फाइदा हुनेछ । खतरा के छ भने दुइ शक्तिशाली देशहरुको यो ब्यापार लडाई अगाडि गएर कतै  फेरि एउटा नयाँ बिश्व मन्दीको खतरा उत्पन्न हुने आधार नबनोस् !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif