Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

शान्ति सुरक्षा र सद्भाव कायम राख्न मदरसा संघ सक्रिय


२०७६ श्रावण २३ गते , विहीवार प्रकाशित

  शहबाज खान    

मुस्लिम धर्मवलम्बीहरुको महान  पर्व बकरईद  साउन २७ गते र हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन  ३०गते निकट आउन लागेकोले यी चाड पर्वको बेला कपिलवस्तुको कृष्णनगरमा शान्ति सुरक्षा सदभव कायम राख्न र आ आफ्नो चाडपर्व हंसी खुशी मिली जुली र शान्तिपूर्णढंगले मनाउन  सुरक्षा निकाय र समाजसेवी बुद्धजीविहरुसंग सुझाव सल्लाह लिन–दिनको लागि राष्ट्रिय मदरसा संघ नेपालले कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा पुस्तकालयको सभा हलमा यही साउन २२ गते एक कार्यक्रमको आयोजना गरेको छ ।   उक्त कार्यक्रममा एक सता अगाडि मात्र सरुवा भइ आएका  सशस्त्र प्रहरी बल.कृष्णनगरका डिएसपी सुशील शाही र ईलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल धेरै दिन देखि यो क्षेत्रमा सुरक्षा स्थितिप्रति कडा निगरानी गर्दै आएका सशस्त्र प्रहरी बलका प्रहरी इनिसपेक्टर जोगेन्द्र केशीलाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवीले दोसल्ला ओढाई तथा नेपालीमा अनुबाद भएको  मुस्लिम धर्मको पबित्र कुरान शरिफ प्रदान गरी उनीहरु तीनै जनाको स्वागत र सम्मान गरेका थिए । 

  कृष्णनगर नगरपालिका वडा नं.२ का अध्यक्ष संजय गुप्ता र वडा नं.३का वडाध्यक्ष सगीर अहमद खांले आ आफ्नो वडाहरुमा सदैव शान्ति सुरक्षा र आपसी सदभाव कायम गर्न गराउन को लागि सबै जनताको सहयोगमा आफ्नो आफ्नो वडालाई व्यबस्थित गर्दै र बिकासप्रति सदैव अगाडी रहँदै जनताको हितमा काम गरी शिक्षाको स्तर गुणस्तरीय बनाउनको लागि रात दिन जनता बिच उपस्थित भइ काम गर्दै आएकोले संघ का उपाध्यक्ष र प्रवक्ताले सप्रेम भेट दिई उनीहरुलाई सम्मानित गरेको संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफीले बताए ।

  कार्यक्रममा कृष्णनगरका भद्रभालदमी,शिक्षाप्रेमी,समाजसेवी,सुरक्षाक्रमी,पत्रकार लगायत ५०जना जतिको उपस्थिति थियो । उपस्थित भएका सबै महानुभावहरुलाई संघका राष्ट्रिय महासचिव मौलाना मसहूद खाँ नेपालीले संघ र आफ्नो तर्फबाट धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif