Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

हावडाको पुल


२०७६ श्रावण २२ गते , बुधवार प्रकाशित


ई. सन्तोष पोखरेल
 
डिसेम्बर १९ २०१८ को त्यो दिन थियो | मैले मित्रकुंज (रशिया र पूर्व सोवियत संघ पढेका ग्र्याजुयेटहरूको संस्था) को २० तारीखको चुनावमा उपस्थित हुनुथियो, म पनि उम्मेदवार थिएँ | यो छोटो समय थियो ढिला भए जहाज छुटने डर थियो म कारको झ्यालबाट शहरका सडक र बस्तीका फोटा खिच्दै अगि बढ्दै थिएँ र एवं रीतेन प्रतिक्षित हवडाको पुल पुगें | यो पुललाई मानिसहरू पहिला विश्वको आश्चर्य मान्दथे र हुनत ऐले धेरै
सिंगल स्पान ब्रिज बनिसकेका भए पनि हावाडाको पूलको आफ्नै महत्व छ | यो फलामे पुल उसबेलाको स्टिल ट्रस ब्रिज इन्जिनियरिंगको नमुना नै हो |

हावडा पुल हूगली गंगा नदी माथि कलकत्ताको शानका रुपमा आकर्षण को केन्द्र समेत बनेकोछ | यसको निर्माण ब्रिटिश इन्डियाले १९४३ मा गरेको हो र तिनताक यो यसप्रकारको विश्वमा तेस्रो लामो पूल थियो | अचम्मको कुरो यो २३१३ फीट लामो फलामे पुलमा एउटा पनि नट बोल्टको प्रयोग भाकोछैन र बीचमा कुनै पनि खम्बा छैनन् | यो सिंगल स्पान ब्रीज दुई वटा पैदल यात्री लेन सहित जम्मा ८ लेनको छ | सबै जोडाईहरू राइभेट जोइन्ट हुन् | २६,५०० टन स्टील प्रयोग भएको यो पूल हेर्न लायक छ अद्यावधि |

यो पूल पुग्न हावडा शहर भित्र हवाडा रेलवे स्टेशन हुँदै जानुपर्छ | रेलवे स्टेशनको बिल्डिंग पनि रातो रंगमा निकै आकर्षक देखिन्थ्यो | कारबाट न ओर्लिकनै फोटो खिच्दै म १२ किलोमिटर दूरीमा रहेको कलकत्ता एयरपोर्ट तिर फर्कन लागें शहरका बिभिन्न ठाउँका फोटा खिच्दै र फेसबूकमा पोस्ट गर्दै | ४ बजे उडने मेरो प्लेन तयार भएर बसेको रहेछ, झन्नै छुटेको |

निकै पर प्रवेश द्वार राखिएको रहेछ हस्यांग र फस्यांग गर्दै पुगें अनि सुन्दै थिएँ इन्डिगोका एयर स्टाफ भन्दै थिए - "मिस्टर पोखरेल आगये हैं", मुटु ढक्क भयो, झन्नै छुटेको कलाकत्ता नै बास पर्ने रहेछ | म जहाजभित्र पसे र पश्चिम बंगालको हाम्रो मेची खोलानिरको बागडोगरा एयरपोर्ट तिर उडियो | साँझ बागडोगरामा मौसम नै गजबको थियो, चीसो चीसो बतासले शरीरमा ताजगी ल्याइदियो नेपाल पस्न आत्तूर थिएँ शायद र एउटा ट्याक्सी लिएर म प्रशन्न मुद्रामा आफ्नु मुलुकतिर लागें |
   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif