Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बालुवाटार सुबिसुमा ठूलो आगलागी नियन्त्रणमा


२०७६ श्रावण २२ गते , बुधवार प्रकाशित

  आज मध्य दिउसो  बालुवाटार चिनीया राजदूतावास अगाडि रहेको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा  भीषण आगलागी भएको र ठूलो क्षति भएको अनुमान गरिएको छ ।   दिको  करीब साढे १२ बजे तिरबाट लागेको आगो दिउँसो करीब २ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । तर यसले के कति क्षति भयो त्यसको पूर्ण बिवरण आइसकेको छैन । 

आगलागीलाई  काठमाडौं महानगरपालिका, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका दमकलको सहायतामा २ बजेदितर नियन्त्रमा लिइएको बताइएको छ ।   

ठूलो परिमाणामा भण्डारण  गरेर राखिएको पेट्रोलियम पदर्थका कारण आगो नियन्त्रमा लिन मुस्किल परेको थहा भएको छ । थोरै मात्र पानी बोकेको दमकल निकै ढिलो गरी पुगेका कारण पनि आगो नियन्त्रणमा बिलम्ब भएको थियो भने दमकलको पानीको पाइप फुटर पनि अर्को समस्या भएको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif