Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अगष्ट ६ र ९ बिश्वमा – कालो दिनकोरुपा अंकित


२०७६ श्रावण २१ गते , मंगलवार प्रकाशित

  —आलोक भारद्वाज 

  बिश्व इतिहासमा दोश्रो बिश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ को  दिन मानबताका बिरुद्ध पहिलो पटक जापामाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको  दिनकोरुपमा अंकित छ । त्यही दिन हो बीसौ शताब्दीको बिश्वमा मानिसलाई आणबिक घाउ लागेको दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन  क्षणभरमै जापानको हिरोशिामा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेका थिए । 
  आजभन्दा ७५ बर्ष पहिला अगष्ट महिनाका ती दुइ दिन  मानबताको इतिहासमा कलंक र  कालो मानबता बिरोधी दिनकोरुपमा  बिश्वले देख्नु र भोग्नु प¥यो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियार प्रयोग गरिएको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक ताथ परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृत र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछ ती दुइ दिनको घटनाले  । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस भएको थियो । तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिबत भएका थिए भने त्यसको असरले  हजारौ  मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थिया । त्यसमा पनि ५०औ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए ।  त्यस अमानबीय र कहालीलाग्दो आणबिक प्रहारयता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई  पुर्दै ठूलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखण्डा त्यही बेलादेखि राखिएको छ । यद्यपि हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय शान्ति पार्ककोरुपमा कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो त्रूmर आणबिक युद्धमा मारिएका पूर्खाहरुको सम्झनामा प्रार्थन गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् हिरोेशिमा दिवसका दिन !
वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमान बी – २९ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणु बम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाण बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ । हेर्दा हेर्दै लाखौ लाख मानिस धुवाँसँग बिलाए । हुन पनि आजभन्दा ७५ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुर घटनामा सामेल छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूला र गहिरो चोट लगायो । त्यो बम दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाको मेनहटन प्रोजेक्ट अन्तरगत लासअलामोशमा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम अर्थात चार कुइण्टन तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास(गोलाई) ७१ सेण्टिमिटर सम्मको थियो । त्यस बमले आफ्नो बिस्फोटक क्षमता यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस – जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३—१८ किलोटन टीएनटी(ट्राइनाइट्रोटालुइन) बराबरको थियो । 
 

अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज अनुमानमा पनि बिबाद नै छ । तर हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको थियो । त्यो जनसंखया मध्ये आधाभन्दा केही कम  अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृृृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्ँयान’नामको अर्को अमेरिकी परमाणु बमद्वारा मारिएका अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन फैलिएका कारणले हजारै जापानीहरु बिकलाङ्ग भएका मारिएका थिए । पहिलो परमाणु बम खसालेको लगत्तै तीन दिन पछि नै यो दोश्रो परमाणु बम किन खसालिएको थियो त्यस बारे पनि मत भिन्नताहरु छन् । 
  यो अमानबीय परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफी मागेको छैन । त्यसलाई सही नै ठहराउँदै आएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाँच बर्ष अघि हिरोशिामा परमाणु बम खसालेको ७० बर्ष पछि  गरेका हुन् । अहिले  बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभ्भिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ मा जापानमाथि खसालिएको परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो कलंककै दिनको रुपमा भने लिइराखिने कुरा निश्चित छ ।
यद्यपि अहिले त्यो हिरोशिमा जहाँ अमेरिकाले ६ अगस्टका दिन त्यो प्रलयकारी बम खसालेको थियो त्यस ठाउलाई ‘शान्ति पार्क’को रुपमा पुनर्निर्माण गरिसकिएको छ । प्रत्येक बर्ष अगस्ट ६ का दिन त्यहाँ गएर प्रार्थना गर्ने गरिन्छ — अब कहिल्यै यस्तो नहोस् भनेर ! अनि बिश्वमा बढ्दो आणबिक संहारकारी हात हतियारको निर्माण र प्रयोग नहोस् र हुुनु हुदैन भन्ने कुरा पनि दोहो¥याइन्छ । तर जापानमाथिका ती अमानबीय र बिपतकारी बम बर्षा पछि पनि बिश्वमा अझ शक्तिशाली र मारकारी आणबिक एवं परमाणिबिक हात हतियार निर्माणको होड रोकिएको छैन, बरु लगातार फैलिदै गएको छ । भनिन्छ, यो पृथ्वीलाई कयौ पटक ध्वस्त पार्न सक्ने यस्ता डरलाग्दा परमाणबिक हतियारहरुको निर्माण भइसकेको छ । बिश्वमा आज हहियार बिक्री नै सबैभन्दा ठूलो नाफाको बस्तु मानिन्छ र अमेरिकाले यस्तै – ‘वार इण्डष्ट्रीज’ अर्थात ‘युद्ध उद्योग’बाट सबैभन्दा बढी नाफा कमाउने गरेको छ, भनिन्छ । अरु राष्ट्रहरु पनि हात हतियारको प्रतिस्पद्र्धामा छन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif