Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

पुरानो सर्प सँस्कृतिसँग जोडिएको आजको नाग पञ्चमी !


२०७६ श्रावण २१ गते , मंगलवार प्रकाशित

       
लोकनारायण सुबेदी

  मानब समाजको बिकासको क्रममा देखा परेको सर्प सँस्कृति निकै पुरानो सँस्कृति हो । यसलाई नाग पञ्चमीकारुपमा मनाउने गरिन्छ । सर्प देख्नासाथ मानिसहरुको आँङ सिरिङ्ग हुन्छ । तर सबै र्सपहरु मानिस या अरु कुनै जीव जन्तुका संहारक हुँदैनन् । ती मानब सहयोगी पनि हुन्छन् । नाग अर्थात बिषधर सापहरुको सयकडांै प्रजातिहरु छन् । ती चीन,भारत,जापान, बर्मा, अस्टे्रलिया ब्राजिल मलेशिया, इण्डोनेशिया आदि गर्म प्रदेशहरुदेखि लिएर समुद्रको अथाह गहिराईसम्म जति ठूल्ठूला सर्प बंश कायम रहेका छन् ती सबैको गन्ति गर्न प्राय कठिन छ ।
ती मध्ये बिशालकाय र दीर्घजीवी एउटा सर्प हो अजिङ्गर । यो छ महिनामा एक पटक शिकारका निमित्त बाहिर निस्कन्छ । बाँकी समय आरामसँग बासनामा बिताउँदछ । भनिन्छ – त्यस क्रममा उसलाई कसैले छेडछाड गरेर जिस्क्यायो भने जतिसुकै लामो सयम लगाएर भए पनि त्यसको परमधाम गराएरै छाड्छ । हाम्रो वरिपरी घुम्ने प्रसिद्ध सर्प ’कोब्रा’(गोमन) र ’हरेऊ’ तथा काला सापहरु सामान्य सर्प जातिकै हुन् र ती कुनै परभक्षीले नखाइएमा सडकडौ बर्षम्म जीवित रहन सक्छन् साप या नागलोकबासीहरुले कसैलाई हैरान पार्दैनन् र दुःख दिदैनन् । यति हो कि तिनलाई कुनै किसिमले पनि जिस्क्याइनु हुदैन । ती कतै बाटोमा भेटिएनै भने पनि केही नगरी आफ्नो बाटो लाग्दछन् । तर उनीहरुलाई आघात पुग्यो भने छाड्दैनन् ।

  के मानिएको छ भने सर्प जातिको आँखामा सुक्ष्मदर्शी यन्त्र जस्तै संरचना हुन्छ । त्यसबाट उसले आफ्नो पुरानो बाटो, स्थान मात्रै होइन, त्यस्ता मानिसहरुको पनि अमिट छबि कायम रहेको हुन्छ जसले उसमाथि आक्रमण गरेको हुन्छ । त्यसको बदला लिन सर्प निरन्तर कोशिशमा हुन्छ र कुनै पनि बेला भेटेमा प्राण लिन सक्तछ । सर्प रुप बदल्न पनि सिपालु हुन्छन् र आफ्ना शत्रुलाई मारेर जोगिन सक्तछन् भनिन्छ । बाज या गरुडले भने सर्पको शिकार गर्दछन् । तिनलाई सर्पले ठुग्दा त्यसको बीषले पनि छुँदैन । नाग सर्प प्राय सँधै आफ्नो जोडीसँगै रहन्छ । कुनै बेला अगाडि पछाडि भइहाले भने पनि ती एक अर्काबाट अलग्गिएर रहँदैनन. । तिनले कुनै पनि स्थानमा आफ्नो स्थायी आवास बनाउँदैनन. । ती युगल सर्पमाथि कसैले कुनै बेला हमला गरेमा  या मारेमा  भने अर्कोले त्यो मानिसको छबिलाई आफ्नो आँखामा फोटोकपीको रुपमा अंकित गरेको हुन्छ र त्यसको बद्ला लिन निस्कने गर्दछ । त्यसको संहार नगरेसम्म पिछागर्न छोड्दैन । यसै आधारमा बिष कन्या र इच्छाधारी नागको कथा बनेको देखिन्छ ।
  जुन नागपञ्ची पर्व मनाइन्छ साउन शुक्ल पञ्चमीका दिन त्यो सर्पका काल, भय, बिषजन्य मृत्यु आदि सर्पसँग सम्वन्धित कठिनाईहरुबाट जोगिन र सर्प–मैत्री बन्नका निमित्त मनाइने पर्व हो । यो पर्व बिभिन्न देशमा बेग्ला बेग्लै समय र बेग्ला बेग्ले किसिमले मनाइन्छ । चीनमा ड्रयागनको पूजा गरिन्छ । त्यो महानाग पूजा हो र त्यस नगलाई चीनमा राष्ट्रिय चिन्ह प्रतीकको रुपमा पनि लिइन्छ र चीनलाई ड्रयागनको देश पनि भनिन्छ ।   बिश्वमा डायोनसरको कालखण्डपछि एउटा समय सर्प प्रजातिका घस्रने प्राणीहरुको संसार समुद्र तलदेखि पृथ्वीको सतहसम्म फैलिएको मानिएको छ । तर कालान्तरमा मानबजातिको बिकासले यो धरतीबाट बिशाल काय नागहरु हराउँदै गए । सर्प र मानिस बीच परस्पर शत्रुभाव पैदा भयो । सर्पले पनि आफुमाथि हमला गर्नेलाई बदला लिन्छ भन्ने कुरा बुझ्दै गए पछि यसको पूजा आजा अर्थात योसँग समझौता गरेर मैत्रीपूर्ण तरीकाले रहने एकले अर्कोलाई बाध नपु¥याउने कुरा शुरु भयो ।   हामीकाहाँ प्रसिद्ध टौदह छ जहाँ कर्कोटक नामको नागराज बस्ने गर्दछ भन्ने मान्यता रहेको छ । नागका बिभिन्न नाम दिइएको छ । अनन्त, बासुकी, शंख, पद्म,कम्बल, कर्कोटक, अश्वतर, धृतराष्ट्र, शंखपाल, कालिया, तक्षक र पिङ्गल । यी बारवटा नागलाई महिनाको एउटाको हिसावले पूजा गर्ने चलन पनि छ । आफ्ना पिता परीक्षितका लागि जन्मेजयले नागपूजा गरेर उनको बीषोपचार गरेको कथा महाभारतमा पाइन्छ । सर्पको बंशलाई मानिसहरुले अपनाएर राजबंश नै चलाएको पाइनुले वास्तवमा नाग पूजाको ठूलो महत्व रहेको बुझाउँदछ ।
  एकजना पूरातत्वबिद्का अनुसार नागबंशी या नागलोक जे भनिए पनि ती एक समयमा हिमलयमा रहने गर्दथे । ती अत्यन्तै परिश्रमी थिए ज्ञानी पनि थिए । नागकन्याहरु अत्यन्तै सुन्दर हुने गर्दथे । त्यसैले तिनको पौराणिक इतिहासमा धेरै उल्ल्ेख गरेको पाइन्छ । अर्जुनकी पत्नी ऊलुपी त्यस्तै एउटी नागकन्या रहेको बताइएको छ । नागलोकले प्राचीन समयमा चीन र भारतका बीच सम्वन्ध कायम राखेको कथा पनि छ । मानिसको बंशलाई नागसँग जोडेर नागबंश समेत चलाएबाट र नागको बिष जम्मा गरेर तीर धनुषमा प्रयोग गर्ने गरिएबाट पनि नागको महत्व निकै ठूलो थियो भन्ने बुझ्न सकिन्छ । अर्कोतर्फ कयौ नागहरु आफ्नो कर्म र ज्ञानका कारण ऋषि बनेको कुरा ऋग्बेदमा समेत उल्लेख छ । कपिल मुनीलाई नै नागराज भन्ने गरिएको छ । जसले राजा सागरका ६० हजार पुत्रलाई भस्म बनाएको कथा छ । अर्का महर्षि जरतकारु पनि यस्तै नाग थिए । उनलाई बासुकी नागकी बहिनी मनसाको छोरा मानिन्छ । त्यसमा अनन्त नागको सहयोग लिइएको कुरा आउँदछ । किनकि अनन्त सामुद्रकि कार्यमा बिशेष दक्ष थिए । रावणले पनि आफुलाई नागबंशी भन्ने गरेको थियो । नागसँग सम्बन्धित धेरै मठ मन्दिर आज पनि खडा छन् । ती सबैलाई कुरालाई ध्यानमा राख्दा र केलाउँदा नाग पञ्चमीको महत्व र प्राचीनतालाई बुझन सकिन्छ ।    महाभारतकालीन जरासन्ध पर्वमा भारतको मगध राजगृहमा नागबंशको राज्यको उल्लेख छ । त्यहाँ राजगृहको खनन गर्दा मणिनागको मन्दिर पनि भेटिएको थियो । बौद्ध युगमा पनि काशी, चम्पारण, मधगमा शक्तिशाली नागराजाहरुको आधिपत्य रहेको, भद्रवाह, जम्मू, काँगडा आदिमा नाग राजाहरुको देवताकोरुपमा पूजा अर्चना गर्ने गरेको पाइन्छ । नाग परम्परालाई गहिरोसँग बुझदा आज जुन नाँग टास्ने प्रचलन छ त्यो प्रचार प्रसारको एउटा भाग मात्र हो भन्ने बुझ्न सकिन्छ ।
पुनः प्रकाशित 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif