Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अमेरिकामा एकपछि अर्को गोली चलाएर आम हत्या


२०७६ श्रावण २० गते , सोमवार प्रकाशित

  बितेको २४ घण्टाभित्र अमेरिकाका दुइ राज्यमा एक पछि अर्को गोली चलाएर निर्दोष मानिसको हत्याले अमेरिकी समाजलाई बन्दूक सँस्कृतिले आक्रान्त पारेको प्रतीत हुन्छ । हिजा अगष्ट ४ का दिन टेक्सस र ओहायोमा घटका यस्ता घटनामा परेर हमलाकारी समेत २९ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । यो घटनाको कारण घृणा आधारित अपराध भनिदैछ । यतिबेला गोलीकाण्डको यो घटनामा परेर अमेरिकी समजा सन्त्रास र पीडामा परेको छ ।    यो नृशंस गोलाबारीको पहिलो घटना अमेरिकामा शनिबारका दिन टेक्ससको अल पासो शहरमा रहेको एउटा भिड रहने गरेको वालमार्ट स्टोरमा भएको थियो । त्यहाँ एकजना २१ बर्षको यूवाले अन्धाधुन्ध गोली बर्षाएको थियो र त्यसमा परेर २० जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका थिए ।  टेक्ससको यो क्रुर घटना घटाइएको केही घण्टा पछि नै यस्तै गोलीबर्षाको ओहायो राज्यको डेटनमा घटाइयो । जहाँ एकजना ब्यक्तिले अन्धाधुन्ध गोली बर्षा गरेर ९ जनाको ज्यान लियो । तत्कालै त्यस ब्यक्तिलाई पनि पुलिसले गोली चलाएर मारिदिए । यसरी हमलाकारी समेत ३० जना एकाएक गोली काण्डमा परेर  काल कलवित भए ।   घटना बारे जानकारी दिदै टेक्सस अल पासो शहरका पुलिस प्रमुख ग्रेग एलनले भने – ‘मृतक तथा घाइते हुनेहरुमा सबै आयु समूहका मानिसहरु परेका छन्’ । उनले थप भने – ‘भनिरहनु पर्दैन कि यहाँको स्थिति अत्यन्तै भयावह छ’ । वालमार्ट स्टोर शनिशार बिहान केही मिनेटसम्म गोली बर्षाएको आवाज र त्यसबाट निस्किएको धुवाले भरिएर रह्यो । त्यति बेला त्यहाँ निकै ठूलो संख्यामा मानिसहरु थिए । स्टोरका कर्मचारी ताथ ग्राहकमध्ये कतिपय रगतले लतपतिएर ढोकाबाट बाहिरतिर भागिरहेका थिए । कोही गल्लीमा यताउता लुकेका थिए ।    फोन र क्यामेरामा बनाइउका भिडियोहरुमा स्टारको पार्किङ्ग गर्ने क्षेत्रमा कतिपय शबहरु लडेका देखिदै थिए । टेक्ससका गभर्नर ग्रेग अबोटले भनेका कि गोली काण्डमा २० जना मानिस मारिए भन्ने अन्य घाइते भए । उनले भने — ‘टेक्सस अल पासोका मानिसहरुका लागि दुःखी छ’ । उनले थप भने – ‘सामान्यसँग आरामले किनमेल गर्ने यो दिन सबैका लागि टेक्सको इतिहासको सबैभन्दा भयावह दिनमध्ये एक हुन पुग्यो’  ।   यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कायरतापूर्ण कृत्य बताउदै यसको निन्दा गरेका छन् र भनेका छन् कि निदोंष मानिसको हत्यालाई कुनै पनि अर्थमा सही ठहराउन सकिदैन । ट्रम्पले ट्वीट् गर्दै भनेका छन् —‘मलाई थाहा छ कि मसँग सँगै देशका प्रत्येक ब्यक्तिले यस घृणित हर्कतको निन्दा गर्दछन् । निर्दोष मानिसको हत्या गरिनुको पछाडि कुनै कारण या बहानाबाजीलाई सही ठहराउन सकिदैन । मेलानिया र म टेक्ससका मानिसहरुप्रति समवेदना प्रकट गर्दछौ’ ।  उता मेक्सिकोका बिदेश मामिल मन्त्री मासेला एबरार्डले भनेका छन् घाइतेहरुमा मेक्सिकोका पनि ६ जना नागरिक रहेका छन् । ती घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । त्यहाँको डेल सोल मेडिकल स्टोरका प्रबक्ता भिक्टर गुरेरोले भनेका छन् कि अस्पतालमा ११ जना घाइतेहरुको उपचार भइरहेको छ, ती मध्ये ९ जनाको अबस्था नाजुक छ भने दुइ जनाको अबस्था स्थिर छ । घाइतेहरुको उमेर ३५ देखि ८२ बर्षसम्मको छ । अर्कोतिर अल पासको बिश्वबिद्याल मेडिकल सेण्टरका प्रबक्ता रेयान मेल्केले १३ जना घाइतेहरु भरना भएको जानकारी दिएका छन् । उनले बताएका छन् कि घाइतेहरुमा दुइ बर्षका एकजना बच्चा समेत दुइजना नाबालक  छन् । घाइतेहरुलाई मामोलीदेखि लिएर गम्भीर चोट लागेको पनि उनले बताएका छन् ।    अधिकारीरुले हमलबर बन्दूकधारीको पहिचान डलास उपनगर निबासी पेट्रिक क्रुसियस रुपमा गरेका छन् । उसले वालमार्टको सामुमा रहेको पुलिस स्टेशनमा आत्मसमर्पण गरेका छ र त्यसपछि उसलाई हिरासमा लिइएको छ । अधिकारीहरुको भनाइ अनुसार गोली चलाउने ब्यक्ति श्वेत क्रुसियसको घोषणापत्रको छानबिन गरिरहेका छन् जुन सम्भवतः त्यो गोलीबारीभन्दा पहिला पोष्ट गरिएको थियो । त्यसमा यस हमलालाई ‘टेक्ससमा ल्याटिन अमेरिकीरुको आक्रमण’को जबाफ बताइएको छ ।   यस घोषणपत्रमा श्वेतहरुलाई सर्बश्रेष्ठ देखाउने भाषा ताथ आप्रबासीहरु र ल्याटिन अमेरिकीहरु बिरुद्ध नस्लीय घृणाले भरिएको  छ जसमा उनीहरुमाथि रोजगारी खोस्ने आरोप लगाइएको । छानबिन प्रकृयामा अबगत हुन आएको एउटा सुत्रको हवाला दिदै सिएनएनले भनेको छ कि एफबीआईले गोलीबारीमा घरेलु स्तरमा आतंकबाद सम्बन्धि छानबिन शुरु गरिसकेको छ, जुन राज्यको छानबिन समान चल्नेछ र जसमा टेक्ससका अधिकारहैका छानबिन मूख्य रहनेछ । 
क्रूसियससँग सम्बन्धित मानिदै गरेको ट्वीटरको एउटा एकाउण्टलाई शनिबार साँझ बन्द गरिदिएको थियो । ट्वीटमा ट्रम्पको र बिशेषगरी अमेरिकी–मेक्सिको सीमामा एउटा पर्खाल बनाउने उनको प्रयासको प्रसंशा गरिएको छ’ ।    अमेरिकाको वालमार्ट स्टोरमा एक साताभित्र गोलीकाण्डा भएको यो टेक्ससका दोश्रो घटना हो । यसभन्दा पहिला गएका साता क्यालिफोर्नियामा यसै किसिमका मानिसहरुको समूहमाथि गोली बर्षाइएको थियो । वाल मार्टका सिईओ डग म्याकमलिनले भनेका छन् – ‘मलाई बिश्वास भइरहेको छैन कि मैले एकै साता भित्र दोश्रो पटक समबेदना ब्यक्त गर्ने सन्देश पठाउनु परेको छ’ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif