Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

गौरीशंकर गाउँपालिकाको झगडेमा भीषण पहिरो, दुई जना बेपत्ता


२०७६ श्रावण १९ गते , आईतवार प्रकाशित

अविरल वर्षाका कारण दोलखाको गौरी शंकर गाउँपालिका वडा नं १ झगडेमा गएको पहिरोले एकदर्जन घर बगाएको छ भने दुई जना वेपत्ता भएका छन् । गत शुक्रबार वस्तीमाथिबाट आएको पहिरोले त्यस क्षेत्रका एकदर्जन घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने ८० घरधुरी प्रभावित बनेको पत्रकार दिल बहादुर केसीले जानकारी दिए । वेपत्ताको खोजी कार्य जारी रहेको केसीले जानकारी गराए । 

पहिरोबाट विस्थापित भएकाहरुलाई जनउपकार सहकारी, श्री निलकण्ठेश्वर मावि र यार्सा प्राविमा राखिएको छ । सोही गाउँपालिकाको राजपुमा समेत पहिरो गएको पनि मानवीय क्षति भने भएको छैन । पहिरोका कारण झगडेमा पुनः वस्ती बसाल्न नसकिने र सो क्षेत्र उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । 

पहिरोबाट घरबारविहिन भएका स्थानीय बासिन्दाले राहत र उद्धारका लागि सबैंसँग अपील गरेका छन् । 


 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif