Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नवजागरण साकोसले मनायो २१औं स्थापना दिवस


२०७६ श्रावण १९ गते , आईतवार प्रकाशित

रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २० वर्ष पार गरेको छ । संस्थाले २१ औ स्थापना दिवसको अवसर पारेर कार्यालय परिसरमा  चियापान आयोजना कार्यक्रम गरेको छ । 

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले २१ वर्षमा गरेको प्रगतिको बारेमा जानकारी गराइएको थियो । स्थानीय महिलाहरुले जम्मा १० हजार रुपैयाँबाट सुरु गरेको सो सहकारीको वासलात अहिले ३६ करोड १२ लाख पुगेको छ ।

सहकारी ऐन २०४८ बमोजिम जिल्ला सहकारी कार्यालय काठमाण्डौमा २०५५ साल साउन १२ गते दर्ता भई शेयर सदस्यको आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले संस्था स्थापना भएको थियो । साविक मन्थली गाविसका वडा नं ७ र ८ लाई कार्यक्षेत्र बनाई २५ जना महिलाबाट मासिक रु. १०  बचत संकलन गरी ऋण प्रवाह गर्न थालेको त्यस संस्थाले २०६२ सालबाट ५ वटा गाविसलाई कार्य क्षेत्र बनाई मन्थली बजारमा संचालनमा आएको थियो । 

संस्थाले हाल २५ करोड २० लाख रुपैयाँ बचत तथा २६ करोड ११ लाख रुपैयाँ ऋण लगानी भएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव सोमेश थापाले संस्था नेफस्कुनले तयार गरेको नेपाल स्तरको नेपाल ब्राण्डमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए। 

अध्यक्ष श्याम थापाले राज्यलको कानुन र मापदण्ड पुरा गरी शेयर सदस्यहरुलाई सबैभन्दा बढी मुनाफा दिन आफ्नो संस्था सफल भएको दावी गरे । सहकारी ऐन २०७४ ले १८ प्रतिशत सम्म शेयर लाभांश दिन सकिने ब्यबस्था भए बमोजिम संस्थाले आर्थिक बर्ष २०७५/७६  मा १७ प्रतिशतसम्म लाभांश दिन सक्ने भएको छ । हाल सहकारीमा ५ हजार ९ सय ९ शेयर सदस्यहरु रहेका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif