Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

टेक्सास बन्यो रक्त रञ्जित २० जनाको हत्या दर्जनौ घाइते


२०७६ श्रावण १९ गते , आईतवार प्रकाशित

  संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा आज  भएको बन्दुक आक्रमणमा परेर कम्तीमा पनि २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।   ‘एल पासो’ सहरमा भएको यस अमानबीय घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि “इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको“ बताएका छन्।   हतयको यो घटना अमेरिका र मेक्सिकोको सीमानाभन्दा अलिक पर रहेको वालमार्ट स्टोरमा भएको बताइएको छ ।    यस घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक जना २१ वर्षीय सन्दिग्ध यूवालाई हिरासतमा लिएको जनाएको छ । त्यो संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा हुन् भनिएको छ । त्यो शहर घटना भएको एल पासोबाट एक हजार ४६ किलोमिटर पूर्वमा पर्दर्छ ।   अमेरिकी सञ्चार माध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन् ।घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।



  मेक्सिकोका राष्ट्रपतिले  यस हत्याकाण्डमा परेर आफ्ना तीन जना नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ।  यो आक्रमण यस अघि पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो।  


यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो । टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अर्थ्याइएको छ । अमेरिकाको बन्दूक सँस्कृति यस प्रकारका हतयहरुमा एउटा गम्भीर  र कारक तत्वकोरुपमा देखा परेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif