Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

भदौ पहिला सातादेखि उपत्यकामा विद्युतीय यातायात


२०७६ श्रावण १८ गते , शनिवार प्रकाशित

  काठमाडौं । सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्रविद्युतीय सार्वजनिकयातायात शुरु गर्ने भएको छ । हिजो रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचनगर्दै उक्त यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दियो ।    सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरी देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने,‘भदौंको पहिलो हप्ताभित्रविद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइन बाटै तिर्न सकिने जानकारी पनि दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने ब्यबस्था त्यसमा हुने उल्लेख गरे ।  यातायात संचालनमा निकै अवरोध खडा भएको गुनासो पनि सुनाए । बाधाअवरोध फुकाउन प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष निर्देशनदिएको पनि बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगको आशा व्यक्त गरे ।   कार्यक्रममा सुन्दर यातायातप्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालन पूर्व निकै अवरोधहरु पन्छाउन ुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।    यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रसंशा पनि गरे ।    विद्युतीय सवारी साधनसम्बन्धीजानकार शैलेन्द्र बहादुर थापाले विद्युतीययातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमामात्रनभई वातावरणमा समेत यसले फाइदापुग्ने जानकारी दिए ।   कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजनाबताएकाथिए । संचालकमनिताजीसीले प्रधानमन्त्री केपीशर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकीथिइन् ।    कार्यक्रममाकान्तिपुर एफएमकानिर्देशकदिनेश डि.सी.ले सुन्दर यातायातप्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif