Thursday, 23 January, 2020    |    २०७६ माघ ९ गते , विहीवार

पाइपमा अड्किएर दुइ मजदुर दाजुभाइको ज्यान गयो


२०७६ श्रावण १७ गते , शुक्रवार प्रकाशित

राजधानीको बालाजुमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा शुक्रबार बिहान दुईजना मजदुरले ज्यान गुमाएका छन्।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएपी होबिन्द्र बोगटीका अनुसार आज बिहान पौने १० बजे बालाजु चोकमा गाडिएको मेलम्ची खानेपानी आयोजनाको पाइपमा पसेर सफा गर्ने क्रममा दाजुभाइ अड्किएका थिए। यो घटनामा सप्तरीको कनकपट्टीका सुरेश साह र शिवकान्त साह दाजुभाइले ज्यान गुमाएका छन्।
 
पुरिएको मेलम्चीको पाइप सफा गर्न बालाजु चोकबाट पस्ने क्रममा दुवैजना अड्किएका बोगटीले बताए। पाइप सफा गर्न छिरेका दुवै दाजुभाइ बाहिर ननिस्किएपछि डोजर प्रयोग गरिएको थियो। डोजरको सहयोगमा बेहोस अवस्थामा निकालिएका उनीहरुलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको मा अस्पतालले मृत घोषणा गरेको थियो । दुवैको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको छ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif