Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

विभागले तोक्यो सहकारीको ब्याजदर, ऋणमा १६ प्रतिशत मात्र ब्याज लिन पाइने


२०७६ श्रावण १७ गते , शुक्रवार प्रकाशित

सहकारी विभागले आइतबारबाट लागु हुने गरी सहकारीको सन्दर्भ व्याजदर लागु गरेको छ ।

आज आयोजित एक पत्रकार सम्मेलनमा सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारीले ऋण लगानी लिने अधिकतम् ब्याजदर १६ प्रतिशतभन्दा बढि हुन नहुने स्पष्ट पारे । त्यसैगरी ब्याजदरको अन्तर (स्प्रेड दर) ६ प्रतिशतभन्दा कायम गरिएको छ । 

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मिति २०७६/०४/१९ देखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋणमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा बढी नरहने गरी सन्दर्भ ब्याजदर तोकिएको छ ।”

क्षेत्रगत रुपमा नभई यो ब्याजदर देशभर समान रुपमा लागु हुने रजिष्ट्रार पाण्डेले बताए । बचतऋणको कारोबार गर्ने केन्द्रिय विषयगत संघमा आवद्ध संस्था र संघहरु, सहकारी बैंक, 'क' वर्गका बैंकहरुको औसत ब्याजदर र ब्याजदरका सम्बन्धमा सरकार, विभिन्न निकाय र राष्ट बैंकले गरेका अध्ययनको प्रतिवेदनका साथै राष्ट्रिय सहकारी महासंघ लगायतका संघहरुको सुझावका आधारमा ब्याजदर निर्धारण गरिएको उनले उल्लेख गरे । 

सहकारी ऐनको दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण गर्न  सदस्यीय समिति बनेको थियो ।

ब्याजदर घोषणा पछि राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सन्दर्भ ब्याजदर लागु हुन उपयुक्त भएको भन्दै अभियानको तर्फबाट यसलाई लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif