Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

समाजबादी पार्टीका स्थानीय नेतामाथि गोलाी प्रहार


२०७६ श्रावण १७ गते , शुक्रवार प्रकाशित

 सहबाज खान 

कपिलवस्तुको  शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पुल निर हिजो विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता रामनयन यादबमाथि गोली प्रहार भएको समाचारमा जनाएको छ ।  यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत रहेका हुन् र  हाल समाजबादी पार्टीमा छन् ।
     गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए । त्यही बेला मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार गरी भागेका छन् । गोली लागेर यादव घाइते भएका  यादबको तौलिहवा अस्पतालमामा उपचार भैरहेको बताइएको छ । 
    यादब देब्रे पाखुरामा गोली लागेको छ । हिजो दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीयहरु आक्रोसित भए । घटनाको अरु सम्पूर्ण  विवरण आउँन भने बाँकी छ । यसभन्दा अगाडि पनि यही शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु)को गोली हानी हत्या भएको थियो । राजा बाबू सत्ताधारी  नेकपाका स्थानीय नेता थिए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif