Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

स्वर्गद्वारीको ११ सय बिघा जमिन हडप्न भूमाफिया सक्रिय – स्वर्गद्वारी आश्रम


२०७६ श्रावण १६ गते , विहीवार प्रकाशित

काठमाडौ, १६ साउन । स्वर्गद्वारी आश्रमको जग्गाभूमाफियाको योजनाअनुसार केही राजनीतिकदलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासाभएको छ । रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजनाअनुसार गुठी विधयेकमागम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ । 

  श्री स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर हडप्ने गतिविधि भइरहेको बताए । उनले भने,‘स्वर्गद्वारी आश्रम जस्तो पवित्र  थलोलाई बदनाम गराउनेहरुको खतरनाक योजना छ ।’ २०५८ सालबाट नै राजगुठी बनाउने र जग्गा हडप्ने खेल शुरु भएको जानकारी दिइयो । स्वर्गद्वारी आश्रमले यसलाई रोकेपछि यसका विरुद्ध राजनीतिक दलका जिम्मेवार नेताहरु नै लागेको बताए । स्वर्गद्वारी नेपालभित्र र बाहिरका हिन्दुहरुको पवित्र तीर्थस्थल भएकाले यसमाथि प्रहार गर्नेहरुबाट सरकार र आमनागरिक सचेत हुनुपर्नेमाजोड दिए । 
पत्रकार सम्मेलनमा सरकारले आश्रमको जग्गा जोगाउन लाग्नुपर्नेमा उल्टै भूमाफियालाई सघाउ पुग्ने गतिविधि गरिरहेको आरोप लगाए । सरकारकै गतिविधि ठिक नभएको भन्दै यसप्रति दुःख लागेको बताए । बाहिरबाट देख्दा स्वर्गद्वारीको जग्गा धेरै भनिए पनि अधिकांशले आश्रमलाई तिर्नुपर्ने कुत नतिरिरहेको बताए । कुत नतिर्दा आश्रम संचालनमा कठिनाई भइरहेको पनि उनले बताए । 

  आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको बताए । आश्रम स्थापना गर्ने श्रीमहाप्रभुले विभिन्न व्यक्तिहरुसँग जग्गाखरिद गरी स्वर्गद्वारी आश्रम बनाएको उल्लेख गरे । उनले भने,‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो ।’ २०३० सालयता १२ सय बिघा जमिनको लालपूर्जा आफूहरुसँग रहेको उनले दाबी गरे । 

  दाङ सहित ११ सय बिघाहा जग्गामध्ये सम्पूर्ण मौजामा २८९ जनामोही रहेको र प्रतिवर्ष आश्रमलाई प्राप्तहुनुपर्ने धान १८१५ क्विन्टलमध्ये निकै कम मात्र प्राप्त हुनआएको उल्लेख गरिएको छ । मौजाको कुत नतिर्न केही राजनीतिक दलका नेताले चलखेल गरिरहेको समेत उल्लेख गरिएको छ । वार्षिक ६ करोड खर्च हुने स्वर्गद्वारी आश्रम संचालनमा निकै कठिनाई भइरहेको बताए । दुईलाखभन्दा बढी भारतीयभक्तजनहरुको दानदक्षिणाबाट आश्रमले भरथेग पाइरहेको पनि जानकारी दिइयो । 

  विं सं १९८३ सालदेखि १९८३ सालसम्म दाङको दउेखुरी स्वर्गद्वारीका नाममा जग्गा किन्न शुरु गरेको र जग्गाको लाल पुर्जा सुरक्षित रहेको कुरा कार्यक्रमका आयोजक धुव्र सिंहले बताए । कार्यक्रममा उनले २०६० सालसम्म सबै मोहीहरुले जग्गाको आयस्ता बुझाउदै आएका र २०६० साल पछाडी ४० प्रतिशत मोहीले मात्र आयस्रोत बुझाएको बताए ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif