Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

क. पुष्पलाल–‘सत्य डग्दैन झूटो तग्दैन’का ‘प्रतीक’


२०७६ श्रावण १५ गते , बुधवार प्रकाशित


        क.पष्पलाल

    पुष्पलाललाई त अल्पायु अर्थात् ५४ बर्षको उमरमै कालले कलबित बनायो । तर उनको दूरदृष्टि, बिचार र ब्यबहार आज उनी दिबंगत भएको ४ दशक पछि पनि स्मरणयोग्य मात्रै छैन, त्यसले आमरुपमा नेपाली जन आन्दोलन र बिशेषतः कम्युनिष्ट आन्दोलनलाई मार्ग दर्शन गरिरहेको छ र नेपाली जनता र राष्ट्रका आधारभूत समस्या हल नहुञ्जेसम्म गरिरहने कुार निश्चतनै छ ।
  एउटा कुरा भन्नै पर्ने भएको छ । किनभने इतिहासको सत्य तथ्यलाई सँधै उपेक्षा गरेर या ढाकछोप गरेर या बंग्याएर या छलप्रपञ्च गरेर राख्न कसैले सक्तैन । कसैले प्रयत्न गरे पनि (जस्तो कि पछिल्लो पुस्तक ‘फर्केर हेर्दा’ मा फेरि असत्य र अतथ्य कुरालाई अघि सारेर क. पुष्पलाललाई पुनः एउटा भूmटो बिबादमा ल्याउन खोजेको र भ्रम पैदा गर्न खोजेको देखिन्छं) त्यसको कही कतैबाट पुष्टी गर्ने बस्तुगत, तथ्यपूर्ण र प्रामाणिक कुनै आधार छैन, हुँदैन । आजको बिज्ञान र प्रबिधिले अत्यन्तै तीब्र गतिले बिकास गरेको युगमा त्यस्ता कुराको छानबिन, जाँच परख र निष्कर्श निकाल्ने काम पहिले कहिल्यैभन्दा चाडो र सहीरुपमा हुन सक्ने अनेक सम्भावनाहरु मौजूद छन् ।
  यहाँ भन्न खोजेको कुरा के हो भने २०३६ को संयुक्त आन्दोलको पृष्ठभूमि कसको बैचारिक धरातलको आधारमा बिकसित भएको थियो । संबैधानिक राजतन्त्र, राष्ट्रिय मेलमिलाप या सामन्तबाद या राजतन्त्र आफै खस्किदै गएको(डिकेइङ्ग फोर्स) हो र उदाउँदो नेपाली काग्रसनै मूख्य दुश्मन भन्ने बिचारले त्यो आन्दोलन भएको थियो कि काग्रेस कम्युनिष्ट एक जुट भएर संयुक्त आन्दोलन चलाउनु, उठाउनु पर्दछ भन्ने बिचारले काम गरेको थियो । आजका मै हुँ भने स्वयम्भू बिद्वान लेखकहरु, बिचारकहरु र इतिहासबेत्ताहरुले यसको खोजी गर्नु पर्दछ कि पर्दैन ? 
  हो, त्यो बेला गणेशामानको चाक्सीबारीमा बाम मोर्चा र नेपाली काग्रेसले संयुक्त जन आन्दोलको घोषणा गरेका थिए राजाले नेतृत्व गरेको पञ्चायती ब्यवस्थाको बिरुद्धमा । त्यो कमरेड पुष्पलालको बिचार बाहेक अरु कसको बिचार थियो । तर आन्दोलनको सफलतापछि पुष्पलाललाई राजनीतिक फलकबाट कसरी पञ्छाइयो र त्यसो गर्नमा कुन कुन राजनीतिक शक्तिहरु तिनका पृष्ठपोषकहरुको हात थियो अनि कसरी राजनीतिमा ब्यापक बृकिति, भ्रष्टाचार, कमिशनखोरी र कालोधन्धा गाँज्यो र समयस्याले बिकराल रुप लिए पछि पुनः राजतन्त्र नै समाप्त पार्ने किसिमको संयुक्त आन्दोनलको उठान गर्नु प¥यो । अनि यो कुन बैचारिक धरातलको उपज थियो । प्रष्ट नै छ ।

        तर किन त्यो बिचारलाई फेरि पनि २०४६ पछिको स्थिति जस्तै किनारामा धकेलियो र त्यसो गर्ने राजनीतिक शक्तिहरु कुन कुन् हुन् आज फेरि त्यसको लेखाजोखा गर्नु पर्दछ । हुनपनि ठिक औषधी भएन भने घाउलाई बल्झाइराखेर त्यो निको हुदैन । औषधी गरेजस्तो गरेर पनि हुदैन । साँच्चै नै प्रभावकारी औषधी नै गर्नु पर्दछ । अहिलेको नेपालको राष्ट्रिय समस्या भनेकै जन आन्दोलन जुन बैचारिक धरातलमा भयो  र सफल भयो त्यसलाई त्यो धरातलबाट ‘सिफ्ट’ गरियो । आन्दोनलका उपलब्धीहरु ‘जनताको हातमा पुग्नु भन्दा पनि  बाँदरको हातको नरियोल’ भने जस्तोे भयो ।  
  पुष्पलालको राजनीतिक जीवन र शतत संघर्षमय ब्यवहारलाई हेर्दा, उनको बिचार निर्माण र दृष्टिकोणलाई हेर्दा अनि उनले लेखेका दस्ताबेजहरु प्रकाशित÷अप्रकाशित सबैलाई हेर्दा उनले बारम्बार भन्ने गरेको र लेखेको पनि कि – ‘नीति प्रधान हुन्छ, नेता प्रधान होइन’ – भन्ने कुराकै पुनर्पुष्टी हुन्छ । उनी असामयिक मृत्यु बरण गरेर गए तर उनले अघि सारेको सही नीति चाहे त्यो काग्रेस कम्युनिष्ट संयुक्त भएर राजा र पञ्चायती ब्यवस्थालाई समाप्त गर्ने नीतिको कुरा होस्, चाहे बामपन्थी तथा कम्युनिष्ट एकताको कुरा होस् सम्पूर्ण शोषित पीडित बर्ग र समुदायको संयुक्त मोर्चाको निर्माणको कुरा होस् त्यसले परिवर्तनका संबाहकहरुलाई, प्राप्त उपलब्धीरुको सही किसिमले जनता र राष्ट्रको हितमा प्रयुक्त गर्न चाहनेहरुका लागि र थप उपलब्धीका लागि आन्दोनलको सृष्टी गर्नका लागि होस् हमेशा प्रेरणा दिने छ र मार्गदर्शन गर्ने छ । एकता र संघर्ष कसको बिरुद्ध र किन भन्ने कुराको निरोपण गर्न पनि उनको नीतिले एकदमै प्रष्ट पारेको छ । यसलाई कसैले हलुकारुपमा लिएर उडाउलान् या कुनै शक्ति बिशेषको चाकडी बजाएर आफ्नो निकृष्ट र संकीर्ण स्वार्थका लागि पुष्पलाल बिरुद्ध हुँदै नभएका भ्रान्त र भ्रमपू्र्ण धारणहरु राजनीतिक बजारमा बिक्री गर्न पनि सक्लान् र  गर्लान् पनि तर त्यसले नेपाली जनता र राष्ट्रका समस्या हल गर्न भने कदापि मद्दत गर्दैन जस्तो कि बिगतमा पनि गरेन । यो बिगतको इतिहासले पनि पटक पटक प्रष्ट पारिसकेको बस्तुगत यथार्थ र सत्य कुरा हो । 

       तर नेपाली श्रमजीवी जनता र राष्ट्रको मुक्ति र प्रगतिको निमित्त सर्बात्मना लागेका क. पुष्पलालप्रति आज पनि किन प्रत्यक्ष परोक्ष हमला र आक्रमण गरिदैछ ? गम्भीरतम् प्रश्न छ । हो, उनी जीवितै भएको बेला उनलाई गद्धार, काग्रेसको पुच्छर, भारतको दलाल, साम्राज्यबादको दलाल र क्रुश्चेभको अबैध सन्तान भन्ने आधारहीन, अप्रमाणित, असत्य झूटहरुहरुको अनेक फत्तुर लगाउनेहरुले आज सोझै उनीमाथि त्यसरी अरोप नलगाए पनि भिन्नरुपमा त्यो क्रम जारी राखेका छन् । तर इतिहासको सही मूल्यांकन गर्नेहरुले अहिले पुष्पलालको चिन्तन, चरित्र, ब्यबहार हेरेर, उनका रचनाहरु पढेर र सुनेर बिगतमा आफुहरुमाथि ठूलो भ्रम परेको रहेछ भनेर सकारात्मक निष्कर्शमा पुग्दै साच्चै नै गल्ती सच्याउन पनि थालेका छन् । वास्तवमा मार्क्सबाद भनेकै सामाजमा – सामाजिक बिचार, ब्यवहार, चरित्र र गतिबिधि – मा  जहाँ जहाँ गल्ती छ त्यसलाई सच्याउने दर्शन, बिचार, सिद्धान्त र ब्यबहार नै हो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif