Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

संकटको बेला कमरेड पुष्पलालको समझना


२०७६ श्रावण १४ गते , मंगलवार प्रकाशित

    कम्युनिष्ट आन्दोलनको सही दिशाबोधका लागि पुष्पलालको योगदानलाई सम्झनु पर्ने यथार्थ बक्ताहरुले प्रट पारे । जब देशको बाम तथा लोकतान्त्रिक आन्दोलनमा बिचलन आउँदछ र संटक पर्दछ, जब राजनीति मूल्य, मान्यता, आदर्श र सिद्धान्तबाट बिमुख भइ अनिश्चय, अन्यौल  र अराजकताको अबस्था सिर्जना हुन्छ अनि जब राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनता अप्ठ््यारोमा पर्दछ  त्यतिबेला मानिसहरुले कमरेड पुष्पलाललाई सम्झने गर्दछन् । किनकि कमरेड पुष्पलालले देशको राजनीतिक,आर्थिक, सामाजिक तथा साँस्कृतिक स्थिति बिकराल बनेर त्यसको निराकरण खोज्नु पर्ने हुन्छ त्यतिबेला फेरि पनि पुष्पलालको मार्गदर्शन र दिशाबोधकै सेरोफेरोमा पुग्नु पर्ने र उनले अघि सारेमा उपायहरुलाई सम्झनुपर्ने हुन्छ । यो यथार्थ कुरा सामान्यतः २००७ सालदेखि नै र बिशेषतः २०२५ साल पछिदेखि पुष्पलालले प्रष्ट पार्दै आएका हुन् कि नेपालको परिबर्तनको मूलबाटो कुन हो र त्यसका लागि कुन कुन बर्गीय र राजनीतिक शक्ति मिल्नु पर्दछ र कुन शक्तिका बिरुद्ध भिड्नु पर्दछ यो कुरा कमरेड पुष्पलालले प्रष्ट पारेको औंल्याए ।     आज पुष्पलाल अध्ययन समाजको आयोजनामा प्रदर्शनी मार्गको बाल्मिकी क्याम्पसमा भएको कार्यक्रममा बक्ताहरुले यो कुरा औल्याएका हुन् । उनीहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालले दिएको अतुलनीय र अनुकरणीय योगदानको उच्च मूल्यांकन गर्दै बर्तमान सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका बैचारिक बिचलन, पद, पैसा र प्रतिष्ठानका लागि हुने गरेका सिद्धान्तहीन अराजकता, बर्गीय पक्षधरताको अभाव स्तुस्तीबादी सामनत्ी सँस्कृति, नीतिभन्दा नेता ठूलो, सेवाभन्दा स्वार्थ प्रधान ठान्ने सँस्कृति बिरुद्ध आजको लडाई केन्द्रित हुनु पर्ने सुझाव दिदै यस्ता गलत प्रबृत्तिका बिरुद्ध तीक्ष्ण  आलोचना र कडा  खबरदारी गर्नु पर्ने सबै बक्ताहरुले औंल्याउँदै यसरी मात्र पुष्पलाललाई सम्झेको सार्थक हने र कम्युनिष्ट आन्दोलनलाई जोगाउने र बिकसित गर्न सकिने तर्क राखेका थिए ।


  अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईको अध्यक्षतामा सम्पन्न क.पुष्पलालको ४१औं स्मृति दिवस सन्दर्भका बक्ताहरुमा स्वनाम साथी, लोकनारायण सुबेदी, गोपीरमण उपाध्याय, श्याम श्रेष्ठ, रामबहादुर भण्डारी, बोर्णबहादुर कार्की, सुरेश कार्की, बिष्णुपुकार श्रेष्ठ, रबि खनाल, एकलाल श्रेष्ठ, अच्यूत ज्ञवाली, मोहनबहादुर केसी, देबशंकर पौडेल, किसन शर्मा, लेखनाथ शर्मा रत्नप्रसाद जोशी, किरण मोक्तान, कृष्णहरि भट्ट,सीताराम घले परियार,किरण मोक्तान, शेखर भटराई,नानीबाबु बुढाथोकी,किशोर अधिकारी, बाबुराम गौतम  लगायत थिए । कार्यक्रमको सञ्चालन निलकण्ठ तिवारीले गरेका थिए भने उपस्थित सबै अतिथिहरुलाई हरिहर खरेलले स्वागत गरेका थिए । कार्यक्रममा ६७ जना कम्युनिष्ट आन्दोलनका महानुभावहरुको उपथिति रहेको थियो । 
    कतिपय बक्ताहरुले बिगतमा कमरेड पुष्पलाललमाथि गलत फत्तुर लगाउन पुगेको र उहाँलाई समयमै बुझ्न नसकेको भनेर आत्म आलोचना समेत गरेका थिए । कम्युनिष्ट अन्दोलनलाई सही दिशा र गति दिन कमरेड पुष्पलाललाई सही परिप्रेक्षमा अर्थात आजको राष्ट्रिय अन्तार्राष्ट्रिय बस्तुगत आधारमा बुझ्नु पर्ने र शोषित पीडित जनताको मुक्तिको लागि सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिएका थिए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif