Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

कुमारी बैंकले सार्वजनकि गर्यो “परिवार सुरक्षा बचत खाता”


२०७६ श्रावण १३ गते , सोमवार प्रकाशित

कुमारी बैंक लिमिटेडले एउटा बचत खाता खोल्दा परिवारका पाँच जनाको बीमा हुने योजना सार्वजनिक गरेको छ । “कुमारी परिवार सुरक्षा बचत खाता” नामक उक्त योजनामा परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ । यस प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रस्तुत गरिएको बैंकले जनाएको छ । 

यस खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाख सम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बीमा, पूर्ण शारीरीक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि उपलब्ध रहेको छ ।

खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुन बैंकले जनाएको छ ।  

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, देशभर १०० शाखा संजाल, ९१ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाई विस्तार गरिसकेको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif