Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अन्तर्राष्ट्रिय बाघ दिवस : नेपालमा २३५ बाघ


२०७६ श्रावण १३ गते , सोमवार प्रकाशित

आज अन्तर्राष्ट्रिय बाघ दिवस हो । गत साल गरिएको बाघ गणना अनुसार नेपालमा जम्मा २३५ बाघ रहेका छन् । तीमध्ये चितवन राष्ट्रिया निकुन्जमा ९३  बर्दिया राष्ट्रिय निकुन्जमा ८७, बाँकेमा २१, पर्सामा  १८ र शुक्लाफाटा र बफर जोन क्षेत्रमा १६ बाघ रहेको  गत बर्षको बाघ गणनाले जनाएको हो ।

बिश्वमा आज बाघको संख्या जम्मा ३ हजार ८ सय ९० मात्र रहेको तथ्यांक छ । त्यसमध्ये भारतमा मात्र यसको संख्या २२२६ बाघ रहेका छन् । यो बिश्वको समग्र बाघको संख्याको आधाभन्दा बढी संख्या हो । 

रोगब्याधी र चोरी शिकारीबाट बाघलाई बचाउने तथा बाघ—मैत्री प्राकृतिक बाताबरणलाई प्रबर्द्धन गर्ने हो भने यो संख्या बढ्न बिज्ञहरु बताउँदछन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif