Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकको बैतडी शाखा उद्घाटन


२०७६ श्रावण १२ गते , आईतवार प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले बैतडीमा शाखा विस्तार गरेको छ । ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले बैतडीमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।  

जिल्लाको पाटन नगरपालिका वडा नं. ६, एयरपोर्ट रोड स्थित उक्त शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले आज औपचारिक उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बैतडी जिल्लाका पर्व उप–सभापतिहरु, दशरथ चन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुख, बिभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागिता रहेको थियो । 

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधा प्राप्त हुने अपेषा गरेको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै शाखा थप गर्ने जनाएको छ । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif