Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

कपिलबस्तु उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण


२०७६ श्रावण ११ गते , शनिवार प्रकाशित

   
शहबाज खान    उद्योग वाणिज्य संघ कृष्णनगरमा २०७६ असार १८ गते चुनाव सम्पन्न भइ सपथ लिन बाकी रहेका नवनिर्वा्चित पदाधिकारीलाई आज एक कार्यक्रमका बिच प्रमुख जिल्लाधिकारीले सपथ ग्रहण गराएका छन् । 
    कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद अभिषेक प्रताप शाह विशिष्ट अतिथी प्र.जि.अ.गजेन्द्र बहादूर श्रेष्ठ,प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कनोडिया अतिथि कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु पौडेल,आन्तरिक राजस्व कार्यालय प्रमुख पूर्ण न्यौपाने,शसस्त्र प्रहरी बलका नायब उपरीक्षक मनोज कुमार धिताल,ई.प्र.का. कृष्नानगरका प्रहरी निरीक्षक प्रताप पौडेल    रहेका थिए। 
    नवनिर्वा्चित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिदै व्यापारीहरूको हक हितको लागि नियमको परिधी भित्र रहेर काम गर्न सुझाव दिदै आफुबाट हुने सक्दो हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता प्रजिअले गरे । 
  यसका अतिरिक्त  आफ्नो मनतव्य र नवनिर्वा्चित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै उद्योग वाणिज्य संघ कृष्णनगरको निर्माणधिन भवनमा संसादीय कोषबाट ५००००००र((पचास लाख)रुपया दिने घोषणा प्रमुख अतिथि शाह ले गरे । 
    नवनिर्वा्चित अध्यक्ष रामकुमार कौलापुरीले कार्यक्रममा बोल्दै सम्पूर्ण उद्योग व्यापारी लाई सहयोग लिन र दिन का लागि अग्रह गरेका थिए ।
    सपथ ग्रहण कार्यक्रमका उदघोषक नवनिर्वा्चित वरिष्ठ उपाध्यक्ष नसिब दार मियाले गरेका थिए।  उक्त कार्यक्रममा व्यापारी,शिक्षाप्रेमी,भद्रभलादमी,सुरक्षाकर्मी  पत्रकारहरुको लगायत २०० जनाको  उपस्थिति रहेको थियो।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif