Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

राजमार्गका पुल र बाटो जोखिमपूर्ण अबस्थामा


२०७६ श्रावण ११ गते , शनिवार प्रकाशित

  नेपालको पूर्ब–पश्चिम राजमार्गका कतिपय खण्डहरु भत्किएर बिग्रिएर, खाल्डाखुल्डी परेर यात्रा गर्न असजिलो र दुर्घटना निम्तिन सक्ने स्थितिमा पुगेका छन् । तर सम्बद्ध निकायहरुको यसमा ध्यान पुगेको देखिदैन । खाशगरी रात्री यातायात र यात्रामा यस्ता जिर्ण बनेका बाटामा बढी दुर्घटनाको सम्भावना रहने र हुने गरेको समेत बताइन्छ ।

  त्यसैगरी राजमार्ग र सहायक मार्गका पुलहरुमध्ये कतिपयका आयु सकिएका र बेलैमा मर्मत हुन नसकेकाले जोखिममा रहेको विज्ञले बताएका छन् । यस्ता करीब एक सयवटा पुलहरू तत्काल मर्मतसम्भार गर्नुपर्नेमा ढिलासुस्ती भइरहेको उनीहरुले औल्याएका हुन् ।


  नेपालको सडक विभाग मातहतको पुल महाशाखाले भने पुलको खतराको अवस्था हेरेर वर्गिकरण गरी तिनको मर्मत कार्य सुरू गरिएको बताएको छ ।   हाल पुल मर्मतका लागि छुट्ट्याइने सीमित बजेटका कारण बेलैमा सबै पुलहरु मर्मत गर्न नसकिएको विभागको गुनासो रहेको छ । अहिलेसम्म देशभरिका २१ राजमार्गमा करिब २००६ वटा पुल संचालनमा रहेको विभागको तथ्याङ्क छ।   बढी जोखिममा रहेका भनिएका अधिकांश पुलहरू ५० वर्षअघि निर्मित भएका हुन् भन्ने औंल्याइएको छ ।   अन्य कारणका अतिरिक्त खोलाबाट अव्यवस्थित रूपले ढुङ्गागिट्टी झिकिँदा समेत राजमार्ग र सहायक मागहरुका कतिपय पुलहरू थप जोखिममा पर्दै आएको बताइन्छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif