Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

ब्रेग्जिटको अन्तिम आशा – बोरिस जोन्सनमा अब


२०७६ श्रावण ९ गते , विहीवार प्रकाशित

बितेका तीन बर्षभन्दा बढी समयदेखि सम्पूर्ण बृटेन ‘ब्रेग्जिट’ अर्थात् यूरोपली संघबाट स्वयं बृटेनलाई अलग गर्नका लागि संघर्ष गर्दै आएको छ । यस क्रममा अब अहिले उसले यस्तो मानिसलाई नेता र देशको प्रधानमन्त्री चुनेको जो ब्रेग्जिट समर्थको सबैभन्दा ठूला र शायद अन्तिम आशाका किरण पनि हुन् । बृटेनको अनुदार कञ्जरभेटिभ दलको बैठकबाट प्रधानमन्त्रीमा चयन गरिएका बोरिस जोन्सनलाई त्यत्ति राम्रो सम्मानपूर्बक त बृटेनमा हेरिदैन । तर उनको ब्यबहारमा बहुतै चुट्की लिने गरिन्छ । समाचार पत्रहरुले उनलाई कुनै जोक्कर जस्तै किसिमले प्रस्तुत गर्ने गर्दछन् र प्रायजसो उनले जे जस्तो बेशभूषा लगाउने गर्दछन् त्यसलाई लिएर पनि निक्कै ख्याल ठट्टा गर्ने गरेको र हासोमा उडाएको पाइन्छ । उनको भाषण गर्ने शैलीलाई पनि कुनै चालु ब्यंग कर्तालाई समेत मात दिने खालको मानिन्छ । जसमा तर्क कम तर छेडछाड बढी हुने गर्दछन् । 
     तर यस सम्वन्धमा अर्को सत्य के पनि मानिन्छ बृटेनमा भने बोरिस जन्सन बृटेनलाई यूरोपेली संघबाट अलग्याउन चहाना राख्नेहरुको अन्तिम आशाका केन्द्र पनि हुन् । उनी आरम्भदेखि नै यूरोपेली संघबाट बृटेन निस्ने ‘ब्रेग्जिट’को सबैभन्दा बढी हिमायती रहँदै आएका हुन् । यस सम्वन्धमा उनले बिभिन्न ठाउमा बोल्दा आफ्ना भाषणहरुमा यूरोपेली संघको मात्रै होइन एक यूरोपको अबधाणालाई पनि खुलेर ठट्टामा उडाउँदै आएका हुन् । के पनि मानिन्छ भने ब्रेग्जिटको बिषयमा मानिसहरुसँग जतिको प्रत्यक्ष सम्बाद बोरिस जोन्सनले स्थापित गरे त्यत्तिको अरु कुनै नेताले गरेका छैनन् ।  

तर अब बोरिस जोन्सनका लागि लागि शायदै यस्ता हाँसो ठट्टाको समय समाप्त भइसकेको छ । बृटेनको प्रधामन्त्री निबास – डाउनिङ्ग स्ट्रीटको १० नम्बर बंगलोमा पुग्ने बित्तिकै उनले सिधै बे्रग्जिटको बास्तबिकतासँग ठोकिनु पर्ने हुन्छ । जोन्सन स्वयंलाई पनि यो कुरा थाहा छ नै र उनलाई प्रधानमन्त्री चयन गरे लगत्तै पार्टी सांसदहरुलाई सम्बोधन गर्र्दै गर्दा भलै उनले यसको कुनै रुपरेखा दिएका छ्रैनन् तर यसको समय सीमा उनले निश्चय नै दिएका छन् । त्यस पछिबाट उनले एउटा ट्वीट गरेर पनि के भनेका छन् भने यो निर्णय ३१ अक्टोबरसम्ममा भइसक्ने छ । प्रष्ट छ, यसको लागि सबै मिलाउदा कूल तीन महिनाभन्दा केही बढी समय मात्र छ । बोरिस जोन्सनलाई के पनि राम्रोसँग थाहा हुनु पर्दछ भने यसभन्दा पहिला बे्रग्जिटको बिषय उनको पार्टीका दुइ प्रधानमन्त्रीहरु डेभिड केमरुन र थेरेसा मेलाई बली चढाइसकेको छ । 
  अहिलेसम्म धेरैजसो बिश्लेषणहरुले यही कुरा बताएका छन् कि बे्रग्जिटबाट बृटेनलाई फाइदा धेरै नै कम मात्रै हुन्छ तर नोक्सान निकै बढी हुन सक्तछ । आर्थिकरुपले तुलनात्मकरुपमा निरन्तर कमजोर हुँदै गएका बृटेनका जनतालाई यसको डरले पनि सताइरहेको छ । जर्मनीको दबदबा रहेको यूरोपेली संघले लगभग तीन बर्ष पहिलेदेखि नै बृटेन बिना नै आफ्नो भबिष्यका बारेमा सोच्न शुरु गरिसकेको थियो । त्यसो त के पनि मानिदै आएको हो भने बृटेनले पहिला पनि आधा अधूरो मनले नै यूरोपेली संघलाई स्वीकारेको थियो । बृटेन त्यस संघको सदस्य त बन्यो तर कतिपय देशहरुले जस्तो बृटेनले आफ्नो मुद्रालाई समाप्त पारेको थिएन । हालै केही दिन पहिला पनि बृटेनका तेल ट्याङ्करलाई इरानले बन्दी बनाएको थियो । त्यसको तुरुन्तै पछि जब बृटिश सरकारको त्यस सम्वन्धि बक्तब्य आयो कि यस्ता खतराहरुबाट बच्नका लागि पूरै यूरोपले साझा प्रयास गर्नु पर्दछ । त्यस्तो बक्तब्य आउँदा यूरोपेली संघमा रहेका बाँकी सदस्यहरुले त्यसलाई हाँसोमा उडाउनसम्म उडाएका थिए । प्रधानमन्त्री पदका लागि बोरिस जोन्सनको नाम प्रस्ताबित भए पछि बृटिश समाचार पत्र द गार्जियनमा एउटा लेख छापिएको थियो जसको लामो किसिमको शीर्षक बहुतै महत्वपूर्ण रहेको छ – जब बृटेनको स्थिति सबैभन्दा बिस्फोटक छ तब त्यतिबेला उसले त्यस्ता मानिसलाई नेता चुनेको छ जो मचिसले खेल खेल्ने गर्दछन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif