Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

कुमारी बैंकको सहकार्य सारथीसँग


२०७६ श्रावण ९ गते , विहीवार प्रकाशित

कुमारी बैंकले देशकै परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ ।

उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका हुन् । 

उक्त सहकार्य पश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकि स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगदरहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् । 

सोही सहकार्य पश्चात् कुमारी बैंकले पुन: अत्याधुनिक मन्चबाट ब्रान्डिङ तथा प्राचारिक नवीकरणमा केन्द्रित भएको संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । 

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif