Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

उत्तर कोरियाद्वारा छोटो दूरीका दुइ क्षेप्यास्त्र परीक्षण


२०७६ श्रावण ९ गते , विहीवार प्रकाशित

  आज बिहान उत्तर कोरियाले दुई छोटो दुरीका र त्यसमध्ये एउटा नयाँ प्रकारका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन् । ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको समाचारमा उल्लेख छ ।

    एकजना  अधिकारीका अनुसार ६ सय ९० किलोमिटर परसम्म पुगेको जनाइएको एउटा क्षेप्यास्त्र नयाँ प्रकारको थियो।   गएको जून महिनामा मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग किम जङ-अनले अचानक भेटेपछि उत्तर कोरियाले गरेको यो पहिलो क्षेप्यास्त्र प्रहार भनिएको छ ।


  अमेरिकाले बर्षैपिच्छे दक्षिण कोरियासँग मिलेर गर्ने संयुक्त सैन्य अभ्यासको बारेमा उत्तर कोरियाले आक्रामक प्रतिक्रिया दिएपछि यो परीक्षण गरिएको बताइएको छ ।

  यस अघि उत्तर कोरियाले  अमेरिकी–दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासले पारमाणिक निशस्त्रीकरण वार्तालाई असर पुर्‍याउन सक्ने बताएको छ।   दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले पहिलो क्षेप्यास्त्र बिहान ५ः३४ मा र दोस्रो ५ : ५७ मा प्रक्षेपण भएको हो।

    शुरूमा ती  दुवै क्षेप्यास्त्र लगभग ४ सय ३० किलोमिटर पर र ५० किलोमिटर माथि उचाइमा पुगेर सी अफ जापान भनिने पूर्वी समुन्द्रमा खसेको समाचारमा उल्लेख छ ।   ती क्षेप्यास्त्रहरु बारेमा  दक्षिण कोरिया र अमेरिकाले विश्लेषण गरेपछि तीमध्ये कम्तीमा एउटा नयाँ प्रकारको क्षेप्यास्त्र भएको जनाइएको छ ।

    जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू जापानी समुन्द्री सीमामा नपुगेको र राष्ट्रिय सुरक्षामा तत्काल कुनै खतरा नभएको बताएका छन्।   उत्तर कोरियाले आगामी महिना हुने भनिएको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको भत्र्सना गरेको छ र त्यसलाई गत वर्ष उत्तार कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको वार्तापछिको संयुक्त वक्तव्यको मर्म विपरीत भएको बताएको छ। अमेरिका र दक्षिण कोरियाले सो अभ्यासलाई नरोकेपनि त्यसलाई सानो बनाइएको बताइन्छ ।

  गत वर्ष उत्तर कोरियाली नेता किमले उत्तर कोरियाले पारमाणिक हतियार परीक्षण रोक्ने र अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण नगर्ने बताएका थिए।   तर गत महिना अन्तरिक्षबाट खिचिएका तस्बिरहरूमा पारमाणिक केन्द्रहरूमा काम भइरहेको देखिएको पश्चिमा समाचार माध्यहरुले उल्लेख गरेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif