Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

असारे बिकासको बयान


२०७६ श्रावण ९ गते , विहीवार प्रकाशित



इन्द्रनारायण सुबेदी



जम्मै माथि सिरानबाट बहने पानी बगेझैँ गरी।
बग्दै झर्छ प्रबाह घट्छ गँगटा भेटेर नाना थरी।
साह्रा मूल यताउता छरिइँदा बाँडिन्छ शाखा कति।
पुग्ने गर्छ यथार्थ कार्य थलमा उब्रे चुहेको जति।१।


त्यो जम्मै पनि खर्च हुन्न सजिलै छन् छिद्र धेरै तल।
सुक्दै जान्छ घटेर भेल खहरे बाडी घटी निष्फल ।
ठेक्केदार निचोर्छ प्राविधिकले झन् छेक्छ बाटो जब
यस्तो वृत्ति छ योजना सफल खै हुन्छन् र कैले अब।२।


छन् सञ्जाल सिरानदेखि तलका आफन्त पर्नेहरू।
चम्चे नित्य पिछा गरेर हिँडने छन् कान भर्नेहरू ।
तिन्कै हुन्छ बजेटमाथि खतरा हालीमुहाली पनि।
बोले डुब्छ जहाज बस्छ दुनियाँ निर्धो र लाटो बनी।३।


खुल्दैनन् अधिकांश बन्द रहँने ती मूल ढोकाहरू।
बुझ्दैनन् तिनभित्रका सब कथा नाङ्गा र भोकाहरू।
खाई पर्वत निल्दछन् कति यहाँ चोखा तिनै छन् जव।
जिम्मेवार हुने निकाय छ कहाँ हेरेर जात्रा सब।४।


मैन्हा फागुन चैत मङ्सिर बिते बैशाख बित्तै गयो।
लाग्यो जेठ बनेन काम अब झन् भो ब्यर्थ रित्तै गयो।
त्यै आषाढ हरेक वर्ष जहिल्यै हेरेर कुर्छन् किन।
खाल्डोमा अरबौँ बजेट सजिलै गाडेर पुर्छन् किन।५।

भत्किन्छन् पहिरा पहाडतिरका डुब्छन् तराई जब।
आई जेट बजेट रोक्छ पहिरो खोला थुनिन्छन् सब।
साँच्चै पीडितले यथोचित कतै पाऊँन् नपाऊँन् भर।
जस्को हात रहन्छ माथि उसको प्रारब्ध भो सुन्दर।६।

चुरेघाँटी, इलाम  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif