Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

एनआईसी एशियाका ग्राहकलाई पोखराका होटेलमा छुट सुविधा


२०७६ श्रावण ८ गते , बुधवार प्रकाशित

एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे । यसैगरी बैंकले टीका रिसोर्ट हल्लनचोक लेकसाइडबीच बैंकका सम्पूर्ण ग्राहकलाई  रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

पर्यटकीय शहर पोखरा भ्रमणमा आउने बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकले सेवा दिँदै आएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif