Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

प्रभु बैंकका बचतकर्तालाई ३ लाखको औषधोपचार र १० लाखको दुर्घटना बीमा


२०७६ श्रावण ३ गते , शुक्रवार प्रकाशित

प्रभु बैंक लिमिटेडले बचतकर्ताको बीमा गर्ने दुई नयाँ स्किम ल्याएको छ ।

२०७६ श्रावण १ गतेबाट लागु हुने गरी ‘प्रभु वेलकम’ र ‘प्रभु स्यालरी सेभिङ’ बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा   बैंकले दिने भएको हो ।

योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बिमा बापत रु ३ लाख र दुर्घटना बीमा बापत रु १० सम्मको जोखिम बैंकले बहन गर्नेछ । 

बैंकले सञ्चालनमा ल्याएको बीमा सुविधाअन्तर्गत यी दुई बचत खातामा निक्षेप जम्मा गर्ने ग्राहकहरुले लाभ पाउने जनाएको छ । 

उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दाबी गर्न सकिने र  अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु, अंगभंग र औषधोपचार राहतबाट ग्राहक र उनका परिवारजन लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif