Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

क्रान्तिकारी सुकुम्बासी नेता कालुराम !


२०७६ श्रावण ३ गते , शुक्रवार प्रकाशित

  कालुराम चौधरी बर्दिया जिल्लाका पुराना सुकुम्बासी नेता हुन् । उनी गरीब छन् तर अवसरबादी र बेइमानी छैनन् । एउटा झुप्रोमा बस्छन् तर देश र जनताप्रति खाशगरी शोषित पीडित किसान बर्गप्रति चिन्तित छन् । सुकुम्बासी किसानको हक हितका निमित्त आन्दोलनमा लाग्दा पञ्चायती कालदेखि बहुदल कालसम्म पटक पटक पक्राउ परे र हिरासतमा  कुटाई खाए तर आफ्नो बर्गको हितमा लाग्न हरेस खाएनन् ।

क्रान्तिकारी चौधरीलाई बर्दिया जबलपुरको उनकै झुप्रोमा भेटेर लामो नेपालपत्र न्यूज डट कमसँग कुराकानी भयो । उनले कमरेड पुष्पलालले किसानको  हित र  उनीहरुको मुक्तिका  निम्ति अघि सारेका  कुराकानी उनले सम्झे, क्रान्तिकारी बैज्ञानकि  भूमिसुधार, राष्ट्रिय औद्योगिककरण र आम बिद्यूतिकरण आजको राष्ट्रिय आबश्यकता हो भन्ने कुरा उनले बुझेका छन् । कुराका क्रममा बर्दियाका  लडाकु एकजना नेता दिबंगत गंगाधार वाग्ले र दिनेश शर्मालाई पनि सम्झे, नेपाल कम्युनिष्ट पार्टीका पहलमा मैना पोखरदेखि गुलरियासम्म नारा जुलुशकासाथ बृहत सुकुम्बासी सम्मेलन भएको सम्झे र त्यसलाई धोका दिने नेताहरुलाई पनि सम्झे । उनी अस्वास्थ र असक्त छन् तर शोषित पीडित बर्गको राजनीतिक उत्थान नभई देशको उत्थान हुँदैन भन्ने कुरामा दृढ छन् । 


  जमिन, जल र जंगलको लागि किसान जाग्नु पर्छ, उठ्नु पर्छ र अगाडि बढ्नु पर्छ । देश जगाउने र राष्ट्रियता जोगाउने सामन्तबाद तथा साम्राज्यबाद बिरोधी क्रान्तिकारी मूल बाटो यही हो भन्ने उनले राम्ररी बुझेका छन् । कम्युनिष्टको नाममा पटक पटक धोका दिदै आएका नेता र पार्टीलाई पनि उनले राम्ररी चिनेका छन् जनतालाई धोका दिने कोही पनि कम्युनिष्ट र सही अर्थमा लोकतान्त्रिक पनि हुन सक्तैन भन्ने उनको निष्कर्श छ । उनलाई देशको कम्युनिष्ट आन्दोलन पच्चास बर्ष पुगेको स्वर्ण जयन्तिको टोपी र खादाले सम्मान गरिदा उनी खुशी भएका थिए । 
 

उनले बर्दियाका २०७१ सालको बाढी पीडित बिपन्न बर्गका किसाले कुनै राहत नपाएको झूटा आश्वासनहरु मात्र पटक पटक पाएको अनुभब सुनाए । आफ्नो गरीबी का कारण पटक पटक बसाई सरेका उनी अहिले बर्दियाको टेपरीबाट जबलपुर सरेर एउटा सानो झुप्रोमा गुजारा गरिरहेका छन् । आफ्नै जस्ता झोपडी भएका लाखौ लाख किसानहरुको भलो हुने ब्यवस्था नआएसम्म नेपाली किसान र नेपाली राष्ट्रको मुक्ति नहुने कुरामा उनी बिश्वस्त छन् । आजसम्मका कुनै परिबर्तनले पनि शोषित पीडित किसान बर्गलाई न छोएको र उनीहरुलाई केवल रित्ता आश्वासन मात्रमा झुलाएको उनको प्रष्ट अनुभव छ । यो स्थितिलाई तोड्न र सही दिशामा अघि बढ्न किसान सचेत, संगठित र संघर्षशील हुनुको बिकल्प छैन भन्ने कुरामा उनी प्रष्ट छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif