Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

मृतकको संख्या ९० पुग्यो, बेपत्ता हेर्दा १०० नाघ्ने देखिन्छ


२०७६ श्रावण २ गते , विहीवार प्रकाशित

  देशमा असार २६ देखि लगातार चार दिनसम्म आएको बर्षाले खसेको पहिरो र बाढी तथा डुबानले गर्दा अहिलेसम्म ९० जना नेपाली दिदी बहिनी तथा दाजुभाइहरुकोको मृत्यु भइसकेको छ भने बेपत्ताहरुको संख्या हेर्दा यो संख्या १०० नाघ्ने देखिन्छ । बाढी पहिरोको चपेटामा परेर बेपत्ता भएकाहरुको संख्या अझै २९ जना रहेको छ । घाइते ४२ जना मध्ये अहिले ११ जना उपचाररत रहेको बताइएको छ । 
  यस बीच बाढी पहिरोको अबलोकन  गर्न गएको सरकारी टोली तराईबाट पीडित परिवारसँग भेटघाट नगरी फर्केको छ । उनीहरु हेलिकोप्टरको सुरक्षा नहुने स्थितिमा भएकोले हेलिकोप्टरबाटै स्थितिको निरीक्षण गरी फर्केका थिए । सरकारी टोलीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादब, गृहमन्त्री रामबहादुर थापा तथा अन्य मन्त्रीहरु र पूर्व प्रधानमन्त्री माधब नेपाल समेत थिए । 


  बाढी पहिरोको बिपत्तीमा परेका कतिपय परिवारले राहत नपाएको र कोही पनि भेट गर्न नआएको गुनासो समेत गरिरहेको अबस्था छ । घरबार डुबेर जन धनको क्षति भएका परिबारका मानिसहरु बिमारी पर्न थालेको र खाशगरी, सुत्केरी, गर्भबती पहिला, बाल बालिका र बृद्धहरुलाई निकै असहज र कष्टप्रद स्थितिको सामना गर्नु परिहेको बुझिएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif