Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बाढी पीडितप्रति साउदीका राजा र राजकुमारद्वारा दुःख ब्यक्त


२०७६ श्रावण १ गते , बुधवार प्रकाशित

     
शहबाज खान

    नेपालको बाढी पहिरोबाट ज्यान गुमाएका, घाइते र बेपत्ता भएका नेपाली जनताप्रति साउदी अरबका राजा सल्मान बिन अब्दुल अजीज र राजकुमार मोहम्मद बिन सल्मानले गहिरो दुःख ब्यक्त गरेका छन् । उनीहरुले राष्ट्रपति बिद्यादेबी भण्डरीलाई एक सन्देश पठाउदै ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्वेदना व्यक्त गर्दै घाइते हरुको सिघ्र स्वस्थ्य लाभको कामना गर्नुका साथै बेपता भएका व्यक्तिहरु चाडै आफ्नो घर फर्कुन भन्ने भाव व्यक्त गरेका छन् । उनीहरुले  नेपाल र नेपाली जनताप्रति साउदी राजा र साउदी अरबका जनता सधैं साथ रहेको र यस्तो विपदमा पीडित भएका नेपाली जनताको दुख   र पीडाको यस क्षणमा धैर्य धारण गर्ने क्षमता अल्लाहले प्रदान गरून भन्ने कामना व्यक्त गरेका छन।

  यसै बीच राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कूफी र राष्ट्रीय मदरसा संघ नेपाल का महासचिव मौलाना मशहूद खां नेपाली जनतामाथि हालै आएको यस विपदको स्थितमा साउदी अरब लगायत नेपालको सुख दुःख मा सधै हातेमालो गरेर अगाडि बढ्ने सम्पूर्ण  राष्ट्रलाई हृदय देखि धन्यवाद दिदै अभार प्रकट गरेका छन्। उनले आजै नेपालीको बिपत्तीमा दुख प्रकट गरेका सउदी अरबका राजा र राजकुमारप्रति अभार प्रकट गर्दै दुःखको यस अवस्थामा साथ दिएको कुरा अविस्मरणीय रहने भाव व्यक्त गरेका छन्।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif