Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

सनराइज बैंकको प्रमुख कार्यकारीमा जनक शर्मा


२०७६ असार ३० गते , सोमवार प्रकाशित

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ३२० औ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी पदमा आगामी ४ बर्षका लागि नियुक्त गरेको हो ।
तत्कालिन नेपाल अरब बैंक लिमिटेडबाट सन् १९८७ मा बैंकिङ सेवामा प्रवेश गरेका पौड्याल तत्कालिन एनआईसी बैंक र लक्ष्मी बैंकमा समेत काम गरेका थिए । अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिनाको अनुभव सँगालेका उनले ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

पौड्यालको नेतृत्वमा बैंकको व्यवस्थापन थप चुस्त भई ग्राहकहरुले प्राप्त गर्ने गुणस्तरीय सेवामा अभिवृद्धि हुने अपेक्षा बैंक सञ्चालकको रहेको छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif