Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा छुट


२०७६ असार ३० गते , सोमवार प्रकाशित

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटल प्रालि ग्वार्को, ललितपुरबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरे । 

बैंकका मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई रहेका छन् । करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकले प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका र संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif