Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

मर्यादित महिनावारी मैत्री बनाउन दैलेखमा कार्यमूलक गोष्ठि


२०७६ असार ३० गते , सोमवार प्रकाशित

                        — सीताराम थापा 

                                                       
नेपालमा मर्यादित महिनावारी सम्बन्धमा तीन दिवसीय  रणनैतिक कार्यशाला गोष्ठी दैलेख जिल्लामा सम्पन्न भएको छ। लक्षित समूहको अधिकारमा आधारीत क्षमता बिकास, अवस्थाको पहिचान र विश्लेषण थगन कार्यमूलक अनुसन्धान जस्ता बृहतर र बहुपक्षीय उदेस्य राखेर गोष्ठीको आयोजना गरिएको थियो।                                                     

दैलेख जिल्लाको बिकट महाबु गाउँ पालिका वार्ड नं.२ र ३  लाई लक्षित गरी गरिएको गोष्ठीमा  ५५ जना अगुवाहरुको समाबेशितामा आधारित सक्रिय सहभागिता रहेको थियो।  बिधालय शिक्षक, बाल क्लब प्रतिनिधि, महिला समूहका अगुवा, पुरुष समूहका अगुवा, परम्परागत नेतृत्व, राजनीतिक दलका प्रतिनिधि, साझेदारी संस्थाका सामाजिक अभियान्ताहरुले गोष्ठिमा सैद्वान्तिक र ब्यबहारीक अभ्यास गरेका थिए।  

 मिश्रीत र सहभागितात्मक विधिबाट संचालन गरिएको गोष्ठीमा महिनावारीको बुझाई बारे धारणा परिवर्तन, संबैधानिक र कानुनी प्राबधान, सामाजिक, धार्मिक समस्या र अवस्था पहिचान, महिनावारी सेनेटरी प्याड र मितेरी जैबिक प्याड एबं समाधानका लागि सहभागितामूलक  रणनीतिक योजना निर्माण गरिएको खोजमुलक सामाजिक अभियान्ता एवं लेखक राधा पौडेलले बताउनु बताइन् । 

          गोष्ठिको सहजिकरण अभियान्ता एबं बिज्ञ राधा पौडेल, अनुपा रेग्मी र दुर्गा गिरीले गरेका थिए । राधा पौडेल फाउन्डेसन नेपाल काठमाण्डौको मूल संयोजन र सोसेक नेपाल, महाबु गाउँ पालिका वार्ड नं. २ को सहकार्यमा  गरिएको कार्यशाला गोष्ठीमा बागलुङ र चितवनका साझेदारी सामाजिक अभियान्ताहरुले समेत आमन्त्रित सहभागिता जनाएको फाउन्डेशनका संयोजक अनुपा रेग्मीले बताइन्    ।

         हजारौ बर्ष देखि  समाजमा बिधमान रहेको  महिनावारी समस्याले सिंगो नेपाली समाज मानव अधिकारबाट बंचित हुनु परेको र मर्यािदित महिनावारी मैत्री बनाउन सबैको जिम्मेवारी आवश्यक भएमा मात्र यो ओझेलमा परेको समस्या सम्बोधन हुने  गोष्ठीका सहभागी सामाजिक अभियान्ता समेत रहेका बागलुङका सीताराम थापाको बुझाई रहेको थियो । 
    गोष्ठीले मर्यादित महिनावारी मैत्री समाज निर्माण गर्ने खोजमुलक र कार्यमुलक अनुसन्धानको शुरुवात भएको प्याड विमिन एवं मदन पुरस्कार बिजेता अभियान्ता राधा पौडेल बताउछिन् । उनी थप भन्छिन् – हामी सबै सहकार्य गर्दै  र जिम्मेवारी बोध गर्दै गएमा नेपालमा मर्यादित महिनावारी सार्थक हुने छ । स्थानीय महाबु गाउँ पालिकाको प्रतिनिधिले मानव अधिकारसँग जोडिएको यो अभियानमा सहकार्य गरेर केही बर्षमै समाधान गर्न पहल गर्ने अभिब्यक्ति र प्रतिबद्वता जनाएको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif