Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

मुलुकभर अविरल वर्षाले बाढी पहिरोको जोखिम


२०७६ असार २७ गते , शुक्रवार प्रकाशित

मुलुकभर हिजोदेखि शुरु अविरल बर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ । नदीहरुले सर्तकताको तह पार गरेका छन् । केहि विमानस्थलमा पानी भरिएर उडान अवरुद्ध हुन पुगेको छ । 

पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन्। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडीलाई निकालेका छन्। 

तीन दिनदेखि भएको अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाका एक दर्जनभन्दा बढी बस्तिमा पानी पस्न थालेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर, गढौ लगाएतका बस्तीहरु डुवानको जोखिममा छन्। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदिमा पानीको बहाव उच्च हुँदै गएको छ।

स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई अवस्था हेरी बस्तिमा नदी पस्ने सक्ने संभावना भएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीले बाँध कटान गरे सुरक्षा निकालाई खवर गर्न, तयारी खाना चिउरा, दाल्मोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, बालबालिकालाई अभिभावकको साथबिना बाहिर निस्कन नदिन पनि स्थानीयलाई आग्रह गरिएको छ। 



बर्षाका कार भत्कियो सिंहदरबारको अनामनगरतर्फको पर्खाल
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif