Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

कुमारी बैंकका दुई शाखा ठमेल र झम्सिखेलमा


२०७६ असार २६ गते , विहीवार प्रकाशित

कुमारी बैंक लिमिटेडले ललितपुरको झम्सिखेल र काठमाडांैको ठमेलमा दुई शाखा सञ्चालनमा ल्याएको छ ।  


ठमेल शाखा बैंकका संचालक समिति तथा ठमेल पर्यटन बोर्डका अध्यक्षद्वय अमिर प्रताप जबरा र प्रकाश नरसिंह राणाले संयुक्त रुपमा गरेका थिए भने झम्सिखेल शाखको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र बैंकका अध्यक्ष अमिर प्रताप जबराले गरेका थिए ।  
 

उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको देशव्यापी शाखा संजाल संख्या ९६ पुगेको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९६ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif