Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

भोजपुरमा बिहानै गोली चल्योः प्रहरी जवान र विप्लव कार्यकर्ता मारिए


२०७६ असार २५ गते , बुधवार प्रकाशित

भोजपुर बजार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरीको मृत्यु भएको छ भने प्रतिकारमा फायरिङ गर्दा विप्लवका एक कार्यकर्ता पनि मारिएको प्रहरीले जनाएको छ । 

बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको जनाइएको छ । 

विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

प्रहरी जवानमाथिको हमलाको जवाफी कारवाहीमा विप्लव कार्यकर्ता नीरकुमार राई गोली लागी मारिएको प्रहरीले जनाएको छ ।  
उनी ओखलढुंगा ईन्चार्ज रहेको प्रहरीको भनाई छ । अन्य कार्यकता भने त्यहाँबाट भागेको जनाइएको छ ।  प्रहरीले चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif