Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

८.५ मेगावाटको सोलार प्लाण्टमा बीओकेसहित दुई बैंक


२०७६ असार २४ गते , मंगलवार प्रकाशित

बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रो पावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डूको अगुवाईमा सिटिजन बैंक इन्टरनेशनल  तथा नेपाल बंगलादेश बैंकसँग सह वित्तीयकरण सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ बिगाहा जग्गामा ३२,००० सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइन मार्फत १ करोड ४५ लाख  किलोवाट युनिट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुनेछ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif