Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

बिमारीलेभन्दा बढी मृत्यु प्रदुषणबाट


२०७६ असार २३ गते , सोमवार प्रकाशित

           बिकासशील देशहरुमा बिमारीले भन्दा बढी मृत्यु प्रदुषणबाट हुने गरेको तथ्य प्रकाशमा आएको छ । प्रत्येक बर्ष प्रदुषले ८४ लाख मानिसहको मृत्यु भइरहेको उल्लेख छ । यो संख्या मलेरियाले हुने गरेको मृत्युले भन्दा तीन गुणा बढी हो र एचआईभी एड्स्का कारणले हुने मृत्युभन्दा झण्डै १४ गुणा बढी हो । हुनत प्रदुषणलाई  बिश्व समुदायका बीच थोरै मात्र महत्व र स्थान मिल्ने गरेको छ भन्ने कुरा प्योर अर्थ ब्ल्याकस्मिथ इन्स्टीच्यूटले यो बिश्लेषण तयार पारेको छ । यो स्वास्थ्य तथा प्रदुषण(जीएएचपी) मा बिश्वस्तरीय गठबन्धन हो । यसले दुइपक्षीय बहुपक्षीय र अन्तर्राष्ट्रिय एजेन्सीहरु, राष्ट्रिय सरकारहरु, शिक्षाबिद्हरुर र समाजको सहयोगी संस्था हो । यस इन्स्टीच्यूटका अध्यक्ष रिचार्ड फुलरका अनुसार वायु र जल प्रदुषणकासाथ टक्सिक साइटले बिकासशील देशहरुको स्वास्थ्य प्रणालीमा ठूलो बोझ थोपरेको छ । उनले समाचार एजेन्सी आईपीएसलाई बताएका छन् कि वायु तथा रासायनिक प्रदुषण यी क्षेत्रमा तीब्र गतिले बढिरहेको छ ।
         अनि जब मानिसहरुको स्वास्थ्यमाथि हुने कूल प्रभावमा ध्यान दिन शुरु गरिन्छ त्यतिबेला भयंकर परिणाम देखापर्दछ । फुलरको भनाइ के छ भने यस प्रकारको भयंकर भबिष्यलाई पूर्णरुपले रोक्न सकिन्छ । बिकसित देशहरुले धेरै मात्रामा आफ्नो प्रदुषणको समस्या समाधान गरिसकेका छन् । यसको समाधानका लागि बाँकी बिश्वलाई पनि सहयोगको आवश्यकता छ ।तर प्रदुषण टिकाऊ  बिकास लक्ष(एसडीजी)को बिद्यमान मस्यौदाको दायारमा छैन । यो एसडीजी आउदो १५ बर्षका ालगि बिकास सहायताका लागि संयुक्त राष्ट्र संघको नयाँ योजना यो । अपेक्षा के गरिन्छ भने यो लक्ष सेप्टेम्बर १५ मा घोषणा भए पछि अन्तर्राष्ट्रिय समुदाय, सहायता एजेन्सीहरु र दानदाताहरु सहायताका लागि एक ठाउँमा खडा हुनेछन् । करीब २० करोड मानिस प्रत्यक्षरुपमा प्रदुषित पर्यावरणमा बाच्न बिवश छन् । 


     बोझिला धातुहरुबाट दूषित माटो, हावामा घोलिने रासायनिक फोहोर र नदीको पानीमा इलेक्ट्रोनिक फोहोर बग्नु आदि खतराको घण्टी बजाउने प्रदुषणका केही उदाहरणहरु हुन् भन्ने कुरा ग्रीन क्रस फाउण्डेसनको रिपोर्टमा औंल्याइएको छ । फुलर के भन्दछन् भने प्रदुषणालाई कतिपय बेलामा अदृष्य हत्यारा पनि भन्ने गरिन्छ । किनभने यसको प्रभावलाई पत्तो लगाउन मुश्किल छ । किनकि स्वास्थ्यका तथ्यांकले बिमारीको मापन गर्दछन् प्रदुषणको होइन । फलतः प्रदुषण प्रायःजसो एउटा सामान्य र सानो मुद्दाकोरुपमा प्रचारित हुन्छ । वास्तवमा अब यस बिषयमा गम्भीर कदमको आवश्यकता छ ।जीएएचपीको बिश्लेषणमा बिश्व स्वास्थ्य संगठन र अन्य डाटालाई एकीकृत गरेर निर्धारित गरिएको छ कि ७४ लाख मानिसहरुको मृत्युको कारण वायु तथा जलबाट हुने प्रदुषण श्रोत हुन् । यसका अतिरिक्त गरीब देशहरुमा दश लाख थप मृतयु साना तथा मध्यम आकारका उत्पादहरुका औद्योगिक फोहोर र बिषालु रसायन, हावा, पानी र माटो तथा भोजनमा मिल्नजानुका कारणले हुने गरेको छ ।ब्ल्याक स्मिथ इन्स्टीच्यूटका प्रबिधि सल्लाहाकार तथा न्यूयोर्क बिश्व बिद्यालयमा पर्याबरणीय स्वास्थ्यका प्रोफेसर ज्याक केराभानोसका अनुसार यी देशहरुका संक्रामक रोग र धुम्रपानको तुलनामा पर्यावरण प्रदुषणको स्वास्थ्यमाथि धेरै नराम्रो असर परिरहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif