Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

मौद्रिक नीतिमा यी कुरा समेट्नुस् : परिसंघ


२०७६ असार २२ गते , आईतवार प्रकाशित

नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि सुझावहरु दिएको  । परिसंघको बैंक तथा वित्त समितिको अग्रसरतामा परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलन गरिएका सुझावहरु परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरिएको हो । 

सुझावमा मौद्रिक नीतिले विगत देखिनै देखा परेको तरलताको समस्याको समाधान तथा वर्षै भरि अनुमान योग्य व्याजदर कायम गर्ने मुख्य नीति लिनु पर्ने भनेको छ भने तरलताको व्यवस्थापन गर्न कर तिर्ने र व्याज भुक्तानीको समयलाई फरक गरिनु पर्ने उल्लेख छ । त्यस्तै सरकारको वित्त नीतिले नयाँ प्रस्ताव गरेको सुन निक्षेपको स्पष्ट अवधारण राष्ट्र बैंकले ल्याउनु पर्ने उसको माग छ ।

औद्योगिक प्रवद्र्धन गर्न हाल आधार दरलाई न्युनतम दरको रुपमा लिईएकोमा यसलाई सन्दर्भ दरको रुपमा लिन सुझाइएको छ । उच्च क्रेडिट रेटिङ भएका उद्योग तथा व्यवसायलाई कर्जा प्रवाहमा खुकुलो प्रावधान राख्न समेत परिसंघले आग्रह गरेको छ । परिसंघले पुनर्कर्जा कोष बढाई १०० अर्व बनाउन र निर्यात जन्य उद्योगहरुको लागि त्यस्तो कोषको कम्तिमा ३०% रकम छुट्याउन सुझाएको छ । 

त्यस्तै परिसंघले वैदेशिक ऋण तथा पूर्वाधार विकासका आयोजनाहरुका लागि समेत राष्ट्र बैंकले उदार नीति लिनु पर्ने भन्दै सुझावहरु तयार गरेको छ । राष्ट्र बैंकले भुक्तान सन्तुलनलाई हेरेर नीतिहरु तय गर्ने गरेकोमा व्यापार सन्तुलनलाई हेरेर निर्यात मैत्रि नीति तय गरिनु आजको आवश्यकता रहेको बताएको छ । 

कार्यवाहक गभर्नर चिन्तामणि सिवाकोटीले परिसंघले गहन सुझावहरु ल्याएको र राष्ट्र बैंकले ती सुझावहरुलाई अत्यन्त सकारात्मक रुपले हेर्ने जनाए । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif