Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

ललितपुर बहुउद्देश्यीय सहकारी संघ सम्मानित


२०७६ असार २१ गते , शनिवार प्रकाशित

बहुउद्देश्यीय सहकारी संघ, ललितपुर उत्कृष्ट सहकारी पुरस्कार–२०७५ बाट पुरस्कृत भएको छ । राष्ट्रिय सहकारी महासंघले ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवको अवसर पारेर नगद रु. २० हजार र प्रशंसापत्र प्रदान गरेको छ ।

महासंघको २६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले संघका अध्यक्ष शरदकुमार महर्जनलाई प्रशंसापत्र र चेक हस्तान्तरण गरिन् ।

६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कार महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो । 

विधागत रुपमा छनौट भएका प्रारम्भिक संस्था, विषयगत संघहरुलाई समेत महासंघले पुरस्कृत गरेको छ । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif