Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

किन घुम्दैछन् भारतीय राजदूत कपिलबस्तुमा ?


२०७६ असार २१ गते , शनिवार प्रकाशित

  भारतीय राजदूत मञ्जिभ सिह पुरी एक दिनको लागि असार २० गते आफनो परिवार सहित एक्कासी कपिलबस्तु पुगे । कपिलबस्तुका बिभिन्न ठाउमा अवलोकन तथा भेटघाट गर्नमा ब्यस्त रहे ।   राजदूत पुरीले हिजो विहान करिब ११ बजे जवाभारी स्थित प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाको घरमा आधा घण्टा भेटवार्ता गरे । कनोडियोको भेटलाई छोट्याउदै राजदूत पुरीको टोली कपिलवस्तुका नेता तथा पूर्व भौतिक निर्माण राज्य मन्त्री इश्वर दयाल मिश्राको घर कर्मामा पुग्यो । विहानैदेखि कर्मामा राजदूत पुरीलाई भेटन कपिलवस्तुका नेता व्यापारी, पत्रकार पुगेका थिए । सत्ताधारी नेकपाका नेता इश्वर दयाल मिश्राकी श्रीमती शकुन्ताला मिश्राको गत जेठ २७ गते आसमायिक निधन भएपछि श्राद्धाञ्जाली दिन राजदुतको परिवार कर्मा पुगेको बताईन्छ ।    कर्मामा राजदुत पुगेपछि प्रदेश नं ५ का समाजिक विकास समितिका सभापती दुगनारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, पूर्ब कृषि मन्त्री अकवाल अहमत शाहा कृष्णनगरका समाजसेवी जावेद आलम खा, चन्द्रौटाका समाजसेवी टोपलाल पोखरेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाण्ज्यि सघंका निर्वातमान अध्यक्ष बण्टी सिंह, स्थानीयय भद्रभलदमी, पत्रकार बुद्धीजिवीको समेतको लाम लागेको थियो  थियो ।    त्यो श्राद्धाञ्जाली अर्पण पछि समय निकाल्दै राजदूत पुरीले स्थानीयसँग भलाकुसारी पनि गरेका थिए । राज्य मन्त्री इश्वर दयाल मिश्राले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न योजना सञ्चालनका निम्ति राजदूत समक्ष माग पनि राखेका थिए ।   त्यस्तै स्थानीययले कपिलवस्तुको छोटी भन्सार नाका सञ्चालन नहुदा आवत जावतमा कठिनाई हुदै आएकोले नाका सञ्चालनका लागि माग गरेका थिए। जवाफमा राजदूत पुरीले नेपाल–भारतको सम्बन्ध सादियौदेखि प्रगढ रहेकोले सीमामा हुने समस्या तत्काल समाधान गर्न पहल गर्ने आश्वासन दिए ।   कर्मामा करिब १ घण्टा समय विताएका राजदूत पुरीको टोली कृष्णनगर स्थित गुरुद्वारामा गई पुजापाठ पनि ग¥यो । पुरीको टोलीले करिब आधा घण्टा समय गुरुद्वारामा विताएको थियो ।    त्यस्तै नेपालको बारेमा विभिन्न जिज्ञास तथा जानकारी लिदै राजदूतको टोली भारतको बढनीमा रहेको भारत भन्सार गई विभिन्न जानकारी लिएको थाहा हुन आएको छ ।    त्यो भन्सार पछि टोली पुनं नेपाल प्रवेश गर्यो । विभिन्न तामझामका साथ सजाइएको कृष्णनगर उद्योग वाण्ज्यि संघको कार्यालयमा पुरीको पुग्दा नव निर्बाचित कृष्णनगर उद्योग वाण्ज्यि संघका पदाधिकारीले पुरीको भव्य स्वागत गरेका थिए ।   साझ पर्दै गएको थियो राजदूत पुरीको टोली वाकी समयलाई सदुपयोग गर्दै अन्तिममा कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाह निवास बहादुरगंजमा पुगेर बहादुरगंजमा करिब एकघण्टाको समयमा कृष्णनगर नगरपालिको विकासको बारेमा छलफल भएको नगर प्रमुख शाहले जानकारी दिए ।   नगर प्रमुख शाहले कृष्णनगरको विकासका लागि यस क्षेत्रमा बहुमुखी क्यम्पस स्थापन, सडक निर्माण, व्यपार प्रर्वधनका योजना सञ्चालन गर्न  माग राखेको बताए ।     राजदूत पुरीले कृष्णनगर नगरपालिकाको विकासका लागि आगमी दिनमा आफुले सक्दो पहल गर्ने आश्वासन दिए । उनले भने — यो कुनै  राजनीतिक भेटघाट नभएको र नितान्त  व्यक्तिगत रुपमा कपिलवस्तु आएको संचारकर्मीहरुलाई बताए । अन्त्यमा राजदत पुरी भैरहवा स्थित गौतम बुद्ध विमन स्थाल पुगी काठमाण्डौ फर्किए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif