Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बुडोल सामुदायिक र बनेपा हेल्थ केयरबीच सम्झौता


२०७६ असार २० गते , शुक्रवार प्रकाशित

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बनेपास्थित बनेपा हेल्थ केयर प्रालिसँग आफ्ना सदस्यहरुलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ताहरुले हेल्थ केयरबाट प्रदान गरिने दन्त सेवा, ल्याव परिक्षण, एक्सरे, फिजियोथेरापी सेवाहरुमा २० प्रतिशत र औषधीमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नको लागि सदस्यहरुले संस्थाबाट जारी गरिएको सदस्य सहुलियत कार्ड देखाउनुपर्नेछ । सम्झौतामा बुडोल सामुदायिक साकोसका तर्फबाट सचिव प्रेमनाथ शर्मा कोईराला र बनेपा हेल्थ केयरका तर्फबाट प्रबन्ध निर्देशक जितेन्द्र कुमार थापाले हस्ताक्षर गरेका थिए । 

अन्य सेवा प्रदायकहरुसँग समेत सम्झौता गरी सदस्यहरुलाई विभिन्न वस्तु तथा सेवाहरुमा सहुलियत प्रदान गर्दै जाने योजनामा संस्था रहेको कुरा बरिष्ठ कार्यकारी अधिकृत विवेक राज ठकुरीले बताए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif