Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

नागरिक आन्दोलनको प्रारम्भिक आवाज !


२०७६ असार १९ गते , विहीवार प्रकाशित

 ● नेपाल सरकारले नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपामाथिको प्रतिवन्ध अविलम्व खारेज गरी वार्ताको लागि विश्वासयोग्य वातावरणको निर्माण गरोस ।

● सरकारी पक्षले नागरिकहरूलाई नियन्त्रणमा लिइसकेपछि मुठभेडको बहाना बनाएर हत्या गर्ने , अप्रेशन चलाउँने, छापामारी गर्ने तथा जनतालाई आतङ्कित पार्ने काम तुरुन्त बन्द गरोस।

● बिना पूर्जी पक्राऊ गर्ने एवम प्रहरीद्वारा गिरफ्तार गरिएका नागरिकहरूलाई अदालतमा पेश नगरी कानून हातमा लिएर कैयन दिन हिरासतमा राख्ने काम अविलम्व बन्द गरियोस। अदालतले रिहा गर्ने आदेश दिइसकेका नागरिकलाई अदालतको गेटबाटै पुन गिरफ्तार गरी वेपत्ता बनाउँने तथा झुठ्ठा मुध्दा लगाउँने काम बन्द गरियोस ।

● नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपाले आफ्ना गतिविधीहरूलाई शान्तिपूर्ण सीमाभित्र व्यवस्थित गरी सार्थक वार्ताको लागि पहल गरोस ।

● नेपाल सरकारले नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपासँग रजनीतिक व्यवहार गरोस।
● नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपाले पनि राज्यसँग आफ्ना मागहरू के के हुन भनेर आम जनताले बुझ्ने भाषामा मागहरू सार्वजनिक गरोस ।

● वार्ताको वातावरण बनाउँन सरकार पक्षले नेकपाका कार्यकर्ताहरूलाई जेल मुक्त गरोस तथा सम्पूर्ण मुध्दाहरू खारेज गरी पारदर्शी तरिकाले वार्ताको आह्वान गरोस ।

● यदि सरकारी पक्ष या नेकपालाई आपसमा वार्ताको प्रारम्भिक काम गर्न सम्पर्क शूत्र, सहजकर्ता या रोहवरमा बस्ने मान्छेको जरुरी पर्छ भने नागरिक आन्दोलनलाई अनुरोध गरेमा नागरिक आन्दोलन त्यस प्रकारको सहयोग गर्न सदैव तयार छ ।

● यसै बीच नागरिक आन्दोनलका एक अगुवा तथा पूर्ब अर्थमन्त्री देबेन्द्रराज पाण्डेले आउदो असार २३ गते नागरिक आन्दोलनका आफ्ना अनुभवहरु मार्टिन चौतारीमा सुनाउने कार्यक्रम रहेको छ । 
● यता प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता बिमलेन्द्र निधिले बिप्लबलाई बार्ताद्वारा मूल धारमा ल्याउनु पर्दछ भनेका छन् । उनले सबैले आफ्ना कुरा राख्न पाउने राजनीतिक बातावरण भएकोले लोकतन्त्रमा पार्टीमाथि प्रतिबन्ध लगाउनु नहुने र हिंसा पनि गर्नु नहुने कुरा बताएका छन् । जनकपुरमा नेपाल पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यो कुरा ब्यक्त गरेका हुन् । ् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif