Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

हाम्रो मेलमिलाप साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना


२०७६ असार १८ गते , बुधवार प्रकाशित

काँडाघारी स्थित हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल(ब्लोदान) र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कुनको संयोजन तथा संस्थाको आयोजनामा वृहत् रक्तदान कार्यक्रम गरिएको हो ।

संस्थाका अध्यक्ष रामेश्वर दहालको सभापतित्व एवं ब्लोदानका केन्द्रिय सदस्य भोलानाथ पाठकको प्रमुख आतिथ्यता र सहकाली साकोसका सीइओ बालकुमार बास्तोलाको विशेष आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा  ५३ जनाले रक्तदान गरेका थिए ।

बुधबारे रक्तदान कार्यक्रम अन्तर्गत यो १४औं हप्ताको कार्यक्रम हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले पछिल्लो समयमा बढ्दो दुर्घटना, घातक रोग र शल्यक्रिया जस्ता कारणले रगतको माग बढ्दै गएको र त्यसलाई पूर्ति गर्न यो अभियान चलाइएको उल्लेख गरे । 

संस्थाका अध्यक्ष दाहालले रक्तदानमा सहभागि सबैलाई धन्यवाद दिँदै सहकारी बचत ऋणमा मात्र सीमित नभई रक्तदान, स्वास्थ्य शिविर र वृक्षारोपण जस्ता कार्यमा अघि बढेको बताए । संस्थाले हालै महिला सदस्यहरुलाई पाठेघर र स्तन क्यान्सर सम्बन्धी एकदिने जनचेतनामूलक प्रशिक्षण दिएको थियो । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif