Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

क्षेप्यास्त्र प्रहार चीनको ‘तर्साउने नियत’ — अमेरिकी आरोप


२०७६ असार १८ गते , बुधवार प्रकाशित

  साउथ चाईना सी क्षेत्रमा चीनलाई  क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै त्यसलाई अमेरिका बेइजिङको त्यो कदमलाई ’तर्साउने नियत’ भनेको छ।   आज बिभिन्न अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार प्रकाति गरेका थिए।   यद्यपि बेइजिङले भने त्यो बिबादित भन्ने गरिएको  क्षेत्रमा सैन्य अभ्यास गरेको स्विकार स्वीकार पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको बारेका केहीबताएको छैन।
अहिलेसम्म त्यो  क्षेत्रका केही भागहरूमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेशिया र भियतनामले अधिकार दाबी गर्ने गर्दै आएका छन् ।   उता चीनले भने ’नाइन–ड्यास लाइन’ भनिने ठूलो क्षेत्रमा अधिकार दाबी गरेर त्यहाँ कृत्रिम टापुमा सैन्य संरचनाहरू निर्माण गरिरहेको छ ।    आफ्नो सैन्य अभ्यासका लागि बेइजिङले भनृ  पाँच दिनका लागि ‘स्पार्टी र पारासेल’ टापुबीचको क्षेत्रमा नआउन पानीजहाजहरूलाई सचेत गराएको थियो।
  उता अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले भनेका छन्  – “वाशिङटनलाई स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट गरिएको क्षेप्यास्त्र प्रहारको जानकारी छ ।’’
    ती अमेरिकी लेफ्टिनेण्ट कर्णेलले  चिनीयाँ व्यवहार ‘सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबी विपरीत भएको’ र ‘निश्चित रूपमा त्यो क्षेत्रमा दाबी गर्ने अरूहरूलाई तर्साउन गरिएको कार्य’ भएको बताएका छन् ।   विश्व समुद्री यातायातमा महत्वपूर्ण अत्यन्तै महत्वपूर्ण मानिने त्यो क्षेत्र हालैका दिनमा चीन र अन्य राष्ट्रबीचको तनावको कारक बनेको छ।   यस बिषयमा चीनले अमेरिकालाई क्षेत्रीय मामिलामा अनावश्यक उत्तेजना फैलाएको र हस्तक्षेप गरेको आरोप लगाउने गर्दै आएको छ ।   हुन पनि अमेरिकाले भने लामो समयदेखि  त्यस क्षेत्रमा चिनीयाँ उपस्थितिलाई सैनिकीकरण भन्दै आफ्नो सैन्य जहाज लगेर चीनलाई आक्रोशित बनाउँछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif