Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

नबिल बैंकका कार्ड होल्डरलाई विराट अस्पतालमा छुट


२०७६ असार १८ गते , बुधवार प्रकाशित

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पताल प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र अस्पताल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको हो । सम्झौता बमोजिम बिराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । 

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप अस्पतालसँगको यस सम्झौताले कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास बैंकका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे । 

४०० बेड सहितको अस्पतालले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif