Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

धनगढीका पीडितलाई एनआईसी एशिया बैंकको दुई लाख


२०७६ असार १८ गते , बुधवार प्रकाशित

एनआईसी एशिया बैंकले  धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत जेष्ठ २३ गते धनगढीमा आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पु¥याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै सो घटनाबाट पीडित परिवारको पुनस्र्थापनाका लागि बैंकले धनगढी उप–महानगरपालिका उक्त रकम प्रदान गरेको हो । 

एक कार्यक्रमकाबीच बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई चेक हस्तान्तरण गरे । सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई राहत पुग्ने भन्दै सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास मेयर ओडले व्यक्त गरे । 

बैंकका देशभर २८५ शाखा कार्यालय, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाइको सञ्जाल रहेको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif