Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

'आइफा अवार्ड' रोक्न संसदीय समितिको निर्देशन


२०७६ असार १८ गते , बुधवार प्रकाशित


संघीय संसद प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले काठमाडौंमा आयोजना गर्न लागेको भारतीय चलचित्रसँग सम्बन्धित निजी क्षेत्रको अवार्ड 'आइफा अवार्ड'को कार्यक्रम रोक्न निर्देशन दिएको छ। 

सांसदहरूका कुरा सुनेपछि समिति सभापति पवित्रा निरौला खरेलले नेपालको स्वाधिनता, सार्वभौमिकता र अस्मितामा आँच आउने भएकाले रोक्न निर्देशन दिएकी थिइन्।

समितिको सोमबार बसेको बैठकले उक्त अवार्ड कार्यक्रम नेपाली जनताको हितमा नभएकाले रोक्न निर्देशन दिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए। 

समितिमा सांसदहरू भीम रावल, अग्नीप्रसाद सापकोटा, प्रकाशमान सिंह, मोहन बानियाँलगायतले सरकारको उक्त निर्णयको विरोध गरेका थिए। 


समितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतको उपस्थिति थियो। समितिले उक्त विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयकोसमेत नेतृत्व सम्हालेका प्रधानमन्त्रीले समय दिन नसकेपछि पर्यटनमन्त्रालयका सचिवलाई बोलाइएको थियो। सचिवले पनि आफ्नो निमित्तलाई समितिमा पठाएका थिए। 


सरकारले केही दिन पहिलेको मन्त्रिपरिषदको बैठकबाट भारतीय चलचित्र क्षेत्रको अवार्ड काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो। उक्त अवार्डको आयोजना गर्नका लागि सरकारले एक अर्बसम्म रकम खर्च गर्ने बताइएको थियो।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif